मंगलबार , बैसाख ११, २०८१

काठमाडौं, बैसाख २२ गते ।

रेम्डिसिभिर औषधि कोरोना भाईरस संक्रमितका लागि अचुक औषधि नभएको औषधि व्यवस्था विभागले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले यो सबै प्रकारका कोभिड १९ का विरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन गरेको छ ।

विभागले तीन हजार भाइल औषधि आयत गर्न निजी कम्पनीलाइ अनुमति दिएको छ । कोभिड १९ अस्पतालमा सिफारिस गरेकाले औषधि को तर्कसंगत प्रयोग गर्न डाक्टरहरुले प्रोत्साहन गर्न समेत सूचित गराइएको विभागका महादिर्नेशक भरत भटट्राईले बताउनुभयो ।

कोभिड महामारिको समयमा रेम्डेसिभिर औषधि माथि भ्रम सिर्जना भएकाले बजारमा कालोवजारीमा बिक्री वितरण समेत हुने गुनासो आए पछि विभागले अनुगमन गरी प्रयोगमा कडाइ गरेको उहाँले बताउनुभयो । औषधि सिफारिस गरिएका अस्पताललाई प्रयोग बारे सम्पूर्ण विवरण समेत उपलब्ध गराउन विभागले निर्देशन दिएको जनाएको छ ।

संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार प्रयोग गर्न सचेत गराउन अनुरोध गरेको छ । बंगलदेशको बेक्सीम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको वेमसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ ।

भाइरल राेगका विरामीकाे उपचारमा प्रयाेग हुने रेम्डिसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा काेभिडकाे उपचारमा विश्वभर प्रयाेग गर्न थालिएकाे छ ।

यो पनि

आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको प्रभाव र नेपाली समुदायको स्थितिका बारेमा सूचना आदानप्रदान गर्ने र गैरआवासीय नेपाली समुदायलगायत संघसंस्थासँग समन्वय गरी नेपालीलाई सुरक्षित राख्ने सम्बन्धमा छलफल गरेका छन् ।

ओमानका लागि नेपाली राजदूतावासको संयोजनमा मङ्गलबार पश्चिम एशियालगायत मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव तथा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा सम्बन्धित मुलुकका लागि नेपाली राजदूत र उपनियोग प्रमुखको सहभागितामा भएको बेविनारका सहभागीले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकले चालेका प्रभावकारी कदम तथा खोपको उपलब्धता र त्यसको प्रभावकारिताका सम्बन्धमा आआफ्ना अनुभव आदानप्रदान गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सहभागीले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकले अन्तरराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा सम्बन्धित मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावका सम्बन्धमा पूर्वसूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आआफ्ना विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेका श्रम गन्तव्यबाट स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्नेगराउने गरी यथाशक्य चाँडो अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाज र इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यात्रुको निगरानी गर्न तथा कोभिड–१९ को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमको पालना गराउन विभिन्न मुलुकले प्रयोगमा ल्याएका मोबाइल एप्स पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्ता एप्स विकास गरी सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय