शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको खनाल-नेपाल पक्षका देवकोटालाई काँग्रेस माओवादीको पनि समर्थन रहने छ ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।

यो पनि

दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ ।

कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ ।

छ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिलावस्थामा रहेका कोरोना संङ्क्रमितलाई वायु प्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो ।

विसं २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए । विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिन्डर भर्न सक्ने उनको भनाइ थियो ।

विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ थियो ।
कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिन्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय