शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन रहेको आरोप लगाएको छ । कार्ल मार्क्सको २०३ औँ जन्म दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले देशमा जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएको बताएका हु्न् । विज्ञप्तिमा भनिएको छ, ‘जताततै कोभिड–१९ महामारीले जनतालाई आक्रान्त बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रुप देखाएको छ ।’

आफूहरु प्रतिक्रियावाद र सबैखाले संशोधनवादसित सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै किरणले मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आह्वान समेत गरेको छ ।

प्रेस–वक्तव्य

मई ५ तदनुसार आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो । विश्व सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स ५ मई १८१८ का दिन जर्मनीको एउटा सानो शहर ट्रियरमा जन्मनु भएको थियो । उहाँ मार्क्‍सवादका प्रवर्तक तथा साम्यवादी क्रन्तिका महान् शिक्षक हुनुहुन्छ । उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रको समष्टिगत विकास गरी माक्र्सवादको प्रतिपादन गर्नु भयो । मार्क्सवाद विश्व सर्वहारा क्रान्ति र आम उत्पीडित जनताको सङ्घर्षको दर्शन हो । आज माक्र्सवाद, माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ । यो हाम्रो पार्टीको मात्र नभएर विश्व सर्बहारा क्रान्तिकोे पथप्रदर्शक सिद्धान्त हो ।

माक्र्सवादको प्रादुर्भावसँगै संशोधनवादको पनि जन्म भएको छ । विभिन्न रुप र रङ्गका संशोधनवादीहरुले विश्वव्यापी रूपमा माक्र्सवादमाथि भीषण हमला गर्दै आएका छन् । रूस, चीन लगायतका देशहरूमा भएका प्रतिक्रन्तिका घटनालाई देखाएर संसारभरिका प्रतिक्रियावादीहरूले माक्र्सवाद असफल भएको र साम्यवाद ढलेको भन्ने एकोहोरो प्रचारबाजी गर्दै आएका छन् । प्रतिक्रान्तिको कारण माक्र्सवादको असफलता होइन, माक्र्सवादको नाममा संशोधनवादको असफलता हो । वर्तमान विश्वमा साम्राज्यवादी नवउदारवाद भयावह सङ्कटको भुमरीमा फस्दै गएको छ र विश्वमा १९३०को जस्तै आर्थिक सङ्कट आउँदैछ भनेर विभिन्न अर्थशास्त्रीहरुले भन्दै आएका छन् । यस प्रकारको सङ्कटको समाधान पुँजीवादमा छैन । सङ्कट समाधानको एकमात्र उपाय वैज्ञानिक समाजवाद हो । विश्वव्यापी रूपमा समाजवादी क्रान्तिको आवश्यकता र माक्र्सवाद प्रतिको आकर्षण झनै बढिरहेको छ ।

गएको दुई वर्षदेखि पुरा विश्वलाई कोभिड–१९ महामारीले गाँजेको छ । यो महामारी अति मुनाफाका लागि नवउदारवादी साम्राज्यवादले प्रकृतिमाथि गरेको अनियन्त्रित दोहनका कारण पैदा भएको पर्यावरणीय असन्तुलनको अनिवार्य परिणाम हो । यसलाई वैज्ञानिकहरुले तथ्य सहित पुष्टि गरेका छन् । कोभिड–१९ महामारीले पुरा विश्वलाई नै डरलाग्दो गरी लपेटेको बेला साम्राज्यवादी लुटेराहरुको ध्यान भने महामारी नियन्त्रण र जनताको जीवन रक्षा भन्दा पनि खोपको उत्पादनबाट अकुत सम्पत्ति कमाउने तिर केन्द्रित भएको छ । साम्राज्यवादीहरुले महामारी निन्त्रणमा होइन विश्वमा आफ्नो वर्चश्व स्थापित गर्नका लागि सैन्य खर्चमा प्रतिस्पर्धा गरेका छन् । कोभिडबाट सङ्क्रमित कैयौँ जनताहरु अक्सिजनको अभावमा सासफेर्न नपाएर अस्पतालमा लासपरेका बेला साम्राज्यवादी लुटेरा र तिनका कठपुतली शाषकहरुले २०२०मा विश्वको सैन्य बजेट २.६ प्रतिशतले बढाएर १९ खरब ८१ अरब डलर पु¥याएका छन् । साम्राज्यवादीहरुको ध्यान कहाँ केन्द्रित छ भन्ने कुरा यसले स्पष्ट गर्दछ । साम्राज्यवाद नै सबै समस्याको कारण हो र यसबाट वर्तमान आर्थिक र स्वास्थ्य सङ्कटकोे समाधान हँुदैन । समस्याको समाधान माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशनमा हुने विश्व समाजवादी क्रान्ति हो ।

अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन छ । देशमा जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएका छन् । जताततै कोभिड–१९ महामारीले जनतालाई आक्रान्त बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रुप देखाएको छ । हामी प्रतिक्रियावाद र सबैखाले संशोधनवादसित सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौँ ।

आज हामीले विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको स्मरण गरिरहेका छौँ । विश्वभरिका प्रतिक्रियावादी शासकहरु तथा सबै खाले संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्नु र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुमा नै कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता निहित छ । यस अवसरमा हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृडताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आर्दिक आह्वान गर्दछ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय