बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को यादव–भट्टटाई पक्षबीच सघन छलफल शुरु भएको छ।यही क्रममा साेमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्षबीच भेटवार्ता भएको हो ।

साेमबार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको निवासमा चार नेताबीच छलफल भएको गगन थापाले रातोपाटीलाई जानकारी दिए । यसअघि पनि एक चरण उनीहरुबीच सोही घरमा छलफल भएको थियो ।

प्रदेशमा काँग्रेस र माओवादीसहितको गठबन्धन निर्माणका परिस्थिति पनि सोही निवासमा भएको छलफलले तय गरेको थियो । केन्द्रको गठबन्धनलाई निर्माणका लागि पनि नेताहरुले सोही निवास रोजेको देखिन्छ ।

विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा चार नेताबीच भएको छलफल केन्द्रित थियो ।​

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय