बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट खोलेका छन्।

अनलाइनमार्फत् सञ्चार गर्न ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन्।

उक्त वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देशहरू समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने बनाइएको छ। तर पोष्टमूनि कमेन्ट गर्ने सुविधा भने छैन।

वेबसाइटमा ट्रम्पले नयाँ पोष्ट गर्नासाथ नोटिफिकेसन आउने गरी साइन इन गर्न मिल्ने अप्सन पनि राखिएको छ।

मंगलबार उक्त वेबसाइट सञ्चालनमा आएपछि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ निकै चर्चा भएको थियो। कतिपयले उनलाई ब्लगरको रूपमा सामाजिक सञ्जालमा फर्किएको भन्दै उडाएका छन्।

ट्रम्पमा बरिष्ठ सल्लाहकार जेसोन मिलरले ट्वीटरमार्फत् नयाँ वेबसाइटबारे प्रष्ट पार्न खोजेका छन्।

‘राष्ट्रपति ट्रम्पको वेबसाइट उनको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्य उपलब्ध हुने स्रोत हो तर यो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म होइन,’ उनले ट्वीटरमा लेखेका छन्।

गत वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्पले अन्तिमसम्म पनि आफ्नो हार स्वीकारेका थिएनन्।

गत जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनमा आक्रमण गरेका थिए। डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको संयुक्त बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए।

त्यसपछि सामाजिक सञ्जालहरूले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय