काठमाडौं, २१ बैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीको यो कदमलाई संविधानको मर्म विपरित भएको पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।

राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

 

यो पनि

प्रधानमन्त्री जसरी भएपनि संसद् भंग गर्ने दाउमा हुनुहुन्छ : देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि संसद् भंग गर्ने दाउमा रहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग गर्दै गुरुङले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘प्रधानमन्त्रीले अहिले जुन समयमा विश्वासको मत लिन खोजिरहनु भएको छ, यो विश्वासको मत लिन खोज्नुको तात्पर्य संविधानको धारा ७६ को उपाधारा २ लाई नास गर्न खाजिरहनु भएको छ जस्तो लाग्छ ।’ प्रस्तुत छ नेता गुरुङसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भन्नुभएको छ ? तपाईँहरुको एजेन्डा के छ ?

अब प्रधानमन्त्रीले विश्वासको मत लिन चाहानुभयो भने त्यही प्रक्रिया अगाडि बढ्छ नि । प्रधानमन्त्रीले विश्वासको मत लिन चाहानु भनेको एउटा प्रक्रिया पनि हो भन्ने लाग्छ । संविधानतः प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने धारा १०० को उपधारा २ बमोजिम फागुन २३ गते सर्वाेच्च अदालतले दल विभाजन गराई दइिसके पछि नै हो । एक महिनाभित्र उहाँले विश्वासको मत लिनुपर्ने थियो । त्यो बेलामा लिनुभएन त्यसले गर्दा संविधानत प्रश्न निस्केको अवश्य नै हो । अहिले यो परिस्थितिमा विश्वासको मत लिने भनेर भनेको छ । त्यसले कतातिर संकेत गरिराखेको भनेपछि प्रधानमन्त्रीज्यु जसरी भएपनि संसद् भंग गर्ने दाउमा हुनुहुन्छ । विश्वासको मत प्राप्त भएन भन्ने कुराको आधारमा संविधानको धारा ७६ को उपधारा (१) ३ अनुसार सदनमा भएको लार्जेष्ट पार्टीमा जाने र त्यो लार्जेष्ट पार्टीमा पनि विश्वसको मत प्राप्त गर्न सकेन भनेर उपधारा पाँच अनुसार लैजाने र उपधार ७ परिस्कृत गर्ने दिशातिर प्रधानमन्त्री ओली हुनुहुन्छ । त्यसबाट हामी के बुझ्छौँ त भने सदनमा संविधानतको धारा ७६ को २ लाई कोल्याप्स गर्न खोजिरहनुभएको छ । त्यसो भएको हुनाले हामी के चाहान्छौँ भने ७६ को २ हुन्छ । र हुनु पर्दछ । त्यो प्रक्रियाबाट यो कमै रहन्छ । ७६ को ३ असफल भएपनि २ आर्कर्षित रहन्छ । र ७६ को ५ पनि विफल भएपछि ७६ को २ आर्कसित हुन्छ । त्यस कारण ७६ को २ कोल्याप्स हुनु हुदैन र यो रहन्छ र त्यसैले मात्रै सबैलाई बचाउन सकिन्छ । र संसद्लाई बचाउन सकिन्छ । संसदलाई बचाउनु नर्मल्ली अहिलेको डेमोक्रेसीलाई बचाउनुपर्छ । त्यसो भएको हुनाले हामी यो सदन बचाउने पक्षमा छौँ । प्रधानमन्त्रीज्यु सदन समाप्त गर्ने पक्षमा हुनुहुन्छ । यो दुईवटै धारको स्ट्रगल हो भन्ने लाग्छ । त्यसकारण अहिले जुन समयमा विश्वासको मत लिन खोजिरहनुभएको छ । यो विश्वासको मत लिन खोज्नुको तात्पर्य ७६ को २ लाई नास गर्न खाजिरहनुभएको छ जस्तो लाग्छ ।

तपाईँको पार्टीले सरकारलाई दिएको दिएको विश्वासको मत फिर्ता पनि लिएको छैन ? प्रधानमन्त्रीलाई अब विश्वासको मत दिनसक्नु हुन्छ कि हुदैन ?

हामीले त पुष ५ गतेदेखी नै यो सरकारको विरोध गर्न थालेको हो । त्यही बेलादेखि नै नीतिगत रुपले भनिराखेको विषय हो । प्रक्रियागत हिसाबले विधिको हिसावले हामीले अहिलेसम्म यो विषयमा सरकारलाई हाम्रो विश्वास वा समर्थन छैन भनेर पत्र किन दिएको होईनौँ भने यो पत्र दिनेबित्तिकै प्रधानमन्त्रीज्युले ७६ को ३ अनुसार लैजाने र ७६ को २ लाई समाप्त गर्ने खालको वेमा रहिरहेको अवस्था हो । अहिले जुन डङ्खले उहाँले विश्वासको मत लिन चाहानु भयो विश्वासको मत उहाँले जुनवेला पनि लिन सक्नुहुन्छ ।

त्यसोभए तपाईँहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुन्न ?

हामीहरुले पुष ५ गतेदेखि नै विरोध गरिरहेको छौँ भने त विश्वासको मत दिने प्रश्ननै रहेन ।

तपाईँहरुले अहिलेसम्म विश्वासको मत फिर्ता गर्नुभएको छैन ? प्रधानमन्त्री अहिले तपाईँकै कारणले बहुमतमा हुनुहुन्छ ?

उहाँ प्रधानमन्त्री यो प्रक्रियाबाट गईसके पछि हाम्र आशा गर्ने कुरा हँुदैहुदैन । हामीले उहिलेबाट नै विरोध गरिरहेका छौँ । विधिको प्रश्न सबै कुरा होईन, विधिको प्रश्न के मात्रै हो भन हामीले फिर्ता गर्नेबित्तिकै उहाँले ७६ को २ लाई समाप्त गर्न खोजिरहनुभएको छ । हामी ७६ को २ क्रियासिल गराउन चाहन्छौँ । यही कुरा क्लियर नभएको कारणले गर्दाखेरी हामीले अहिलेसम्म समर्थन फिर्ताको कुरा अगाडि नबढाएको हो । त्यसकारणले यो परिस्थितिमा उहाँले विश्वासको मत लिने भनेर भन्नुभएको छ । उहाँले विश्वासको मत त लिनुहोला तर हाम्रो समर्थन रहने कुरा हुँदैन् ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय