बिहिबार , बैसाख ६, २०८१

काठमाडौं, २२ वैशाख ।

नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामाका लागि तयार भएका छन् ।

माधव नेपाल र झलनाथ खनाल समूहका उनीहरुले हिजो बुद्धनगरमा भेला भएर सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।

पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् ।तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ ।

हस्ता’क्षर गर्ने सबै २१ जना एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु छन् ।उनीहरुमध्ये अधिकांशलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण मागेर कारबाहीको सूचीमा राखेका छन् ।

माधव नेपाल समूहले आफ्नो पक्षमा २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरु रहेको दाबी गर्दै आएको छ ।

२ जनाले भने केही समय पर्खौं भनेर हस्ताक्षर नगरेको बुझिएको छ ।माधव नेपाल र झलनाथ खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसद

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नं। २ (ख) बाट निर्वाचित एमाले सांसद डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा भोलि (बुधबार) स्वागत गरिने बताइन् ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।  उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन् ।

डाँगी माओवादी केन्द्रमा प्रवेश गरेपछि अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् । एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय