शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आईतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र निषेधको ‘राजनीतिक लडाईँ’ सुरु भैसकेको छ। त्यसोत, बिपक्षीहरुलाई क्रुद्ध बनाएर मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल आफ्नो घरभित्रै पनि थप कमजोर बन्दै गईरहेका छन्।

मुख्यमन्त्री बन्नकै लागि उनले लिएको हठ उनकै पार्टी सदस्यहरुले रुचाएका रहेनेछन् भन्ने दृष्टान्त पछिल्ला केही घटना क्रमले देखाएको छ। बहुमत दाबी गरेर हस्ताक्षर बुझाएका आफ्नै पार्टीका सांसदहरुले पोखरेलको साथ छोडिरहेका छन्।

यसैक्रममा मंगलबार एमालेकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन्। उनकै गृह जिल्ला दाङबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले मुख्यमन्त्रीको साथ छोडेका हुन्। डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

डाँगीले बिपक्षी गठवन्धनसंग मुख्यमन्त्रीविरुद्ध जाने सहमति गरिसकेको ति सांसदले जानकारी दिए। माधवकुमार नेपाल-झलनाथ खनाल समूहका डाँगी पहिलेदेखिनै शंकर पोखरेलका आलोचक नेता हुन्। उनले बेला बेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आईरहेका थिए।

तर, नेकपामा बिभाजन आएदेखि प्रधानमन्त्री केपी शर्मा ओली समूहले उनलाई केन्द्रीय सदस्य बनाएको थियो। तर प्रदेशमा मुख्यमन्त्री पोखरेल अल्पमतबाटै मुख्यमन्त्री बनेपछि डाँगी पुनः यो समूहबाट बिच्किएका हुन्। बिपक्षी गठबन्धनमा रहने निर्णय लिईसकेका सांसद डाँगीले सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन्।

उनले बुधबारसम्म सांसद पदबाट राजीनामा दिने माओवादी केन्द्रका सांसदले जानकारी दिए। ‘मुख्यमन्त्रीलाई असहयोग गर्ने निर्णय गरिसकेपछि उहाँलाई पार्टीले कारबाही गर्ने हुन्छ नै,’ ति सांसदले भने, ‘त्यो भन्दा पहिलेनै सांसद पदबाट राजीनामा दिने निर्णयमा उहाँ पुगिसक्नु भएको छ।’

अल्पमतलाई बहुमत सदर गराएर आफू मुख्यमन्त्री बनेपछि शंकर पोखरेललाई उनकै पार्टीका एक पछि अर्को सांसदले साथ छोडिरहेका छन्। उनकै गृह जिल्ला दाङकी बिमला खत्री एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिन् भने अर्का एक सांसदले राजीनामा दिए। यसैगरि मंगलबार पुनः डाँगीले उनको साथ छोडेका छन्। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय