बिहिबार , बैसाख १३, २०८१

अभिनेत्री प्रियांका कार्कीले नेपाली चलचित्र नगरीमा आफुलाई छुट्टै पहिचानमा उभ्याउन सफल भएकी छन् । नेपाली चलचित्र नगरीका बिभिन्न व्यक्तित्वहरुले उनलाई जस्तो सुकै क्यारेक्टरलाई सहजै निभाउन सक्ने क्षमता भएकी अभिनेत्रीका रुपमा व्याख्या गर्ने गर्छन् ।

उनै अभिनेत्री समय समयमा भने बिभिन्न कारणले बिवाद र चर्चामा आउने गरेकी छन् । कहिले अन्जान मै जिब्रो चिप्लिएका कारण बिवादित बन्ने गरेकी अभिनेत्री कार्की कहिले चर्चामै आउनका लागी पनि बिभिन्न हर्कतहरु गर्ने गर्छिन् ।

केही समय अघि सामाजिक सञ्जालमा श्रीमान आयुषमान देशराजसँगको एउटा तस्विर राख्दै हामी गर्भवती छौ भनेर लेखेको क्याप्सनले उनिहरुको जोडीलाई निकै चर्चामा ल्याएको थियो ।

त्यसको केही समय पश्चात अभिनेत्री कार्कीले एउटा तस्विर अपलोड गरिन्। आयुषमानले पेटमा समाएको तस्विर राख्दै आभिनेत्री प्रियांकाले हाम्रो सानो चमात्कार लेखेकी थिइन्। सोही कारण उनिहरुलाई धेरैले मजाकको पात्र बनाएका थिए ।

सामाजिक सञ्जालमा उनिहरुको मजाक उडाउने काम रोकीन नपाउदै एक पछी अर्को अवसर उनै अभिनेत्री कार्कीले दिदै आएकी छन् । यतिबेला पुन एक पटक अभिनेत्री कार्की मजाकको पात्रका रुपमा चर्चामा छिन् ।

समाजिक सञ्जालमा बेबी बम्पवाला तस्बिर सार्बजनिक गरेकै कारण उनि चर्चामा आएकी हुन् । उनले हातमा जुसको गिथलास लिएकी छन् र जुस पिइरहेकी छन, त्यससँगै उनले आफ्नो नाइटोलाई मुखका रुपमा चित्रण गर्ने गरि भुँडीमा एउटा तस्विर बनाएकी छन् । उक्त तस्बिरले पनि जुस पिएको जस्तो बनाइएको छ ।

अन्तराष्ट्रिय क्षेत्रलाई हेर्ने हो भने यो कुनै नौलो कुरा हैन । अन्तराष्ट्रिय स्तरका बिभिन्न चर्चित सेलिब्रटीहरुले यस्ता तस्विरहरु प्रसस्तै अपलोड गर्ने गरेका छन् । पश्चिमा सस्कृतीलाई निकै फलो गर्ने गरेकी अभिनेत्री कार्कीले उक्त कृयाकलाप पनि पश्चिमी सस्कृतीबाट नै नक्कल गरेकी हुन् ।

अभिनेत्री कार्कीले अपलोड गरेको उक्त तस्विरलाई उनका श्रीमान आयुषमान देशराज जोशीले पनि शेयार गरेका छन् । उक्त तस्विर अपलोड गरेसँगै नेपालका अधिकांश दर्शकले भने अभिनेत्री कार्कीको आलोचना गरेका छन् । न्यूज नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय