
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख बैज्ञानिक महाविर पुनले हिमाल चढ्ने र ट्रेकिंग गर्ने कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ भने त्यसलाइ कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न दिनुहुन अपिल गरेका छन् ।
सामाजिक संजालमा लेख्दै बैज्ञानिक पुनले भनेका छन् – “हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरु कसै संग छन भने सम्पर्क गर्नु होला ।
ति सिलिन्डरहरुमा ४ केजी अक्सिजन जाने रहेछ र २ बारमा अक्सिजन दिंदा ६ घण्टा जति पुग्ने रहेछ ।”
सगरमाथा सफा गर्ने टोलिले त्यस्ता सिलिन्डर भेटेर जम्मा गरेको छ भने पनि यो महामारीमा उक्त सिलिन्डर काममा आउने भन्दै पुनले सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहिँ कसैले जम्मा गरेर राख्नु भएको छ भने सम्पर्क राख्नुहुन अनुरोध गरेका छन् ।
साथै ट्रेकिङ्ग कम्पनीहरु संग त्यस्ता खाली सिलिन्डरहरु हुन सक्ने भन्दै उनले ति खाली सिलिन्डरहरु राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गरे पनि अथवा सापटी दिए पनि हुन्छ भनेका छन् ।
ती सिलिन्डरमा अक्सिजन भरेर आफुहरुले कोरोना बिरामीहरुलाई उपलब्ध गराउने उल्लेख गर्दै उनले नेपालमा अक्सिजनको खाली सिलिन्डरहरुको अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो बताएका छन् । सेतोमसी