शुक्रबार , बैसाख ७, २०८१

भारतीयलाई नेपाली नागरिकता प्रकरण

विराटनगर : नेपाली नागरिकको जग्गा हडपेर आफ्नो नाममा पार्ने प्रयास गरिरहेका भारतीय नागरिक विराटनगरबाट प’क्राउ परेका छन्।

भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मालाई प्रहरीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका-५ चाँदनी चोकबाट प’क्राउ गरेको हो।

भारतीय नागरिक हुँदाहुँदै किर्ते गरेर सुनसरीको दुहवीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएपछि शर्मालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ। आफू नेपाली नागरिक भएको गलत विवरण पेस गर्दै नेपाली नागरिकता लिएका उनलाई कारबाहीको माग राखेर सुनसरीस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी परेको थियो।

उजुरी परेको थाहा पाएपछि उनी दुई सातादेखि फ’रार थिए। तर लुकिछिपी विराटनगर आएपछि प्रहरीको फन्दामा परेका हुन्। प’क्राउ परेकालाई छुटाउनका लागि कानुन व्यवसायीदेखि लिएर राजनीतिक दलका नेता र समाजसेवीका नाममा समेत दबाब आउन थालेको प्रहरी स्रोतले बतायो।

शर्माको नाममा रहेको नेपाली नागरिकता बदरका लागि गृह मन्त्रालयमा सिफारिस गरेर थप कारबाही अघि बढाउन प्रशासनबाट पनि अनुसन्धान अघि बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। ‘भारतीय नागरिक पुष्टि हुने कागजातसहित उजुरी परेको छ,’ उनले भने, ‘छानबिन थाल्दा उनले नेपाली नागरिकता लिएको पनि यकिन भयो।’

प्रजिअ ढकालका अनुसार भारतीयलाई नागरिकता दिलाउने भूमिकामा रहेका सबै जना तथा नेपाली नागरिकता लिएको पुष्टि भएमा परिवारका अरु सदस्यलाई पनि कार’बाहीको दायरामा ल्याइने छ।

जिल्ला प्रशासन कार्यालयले खटाएको नागरिकता वितरण टोलीमार्फत सुनसरीको दुहवी-६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता हात पारेपछि शर्मा परिवारसहित विराटनगर महानगरपालिका-५ चाँदनी चोकमा आएर बस्न थालेका थिए। प्रहरीले शर्मालाई प’क्राउ गरेर कारबाही अघि बढाउनका लागि आइतबार जिल्ला अदालत सुनसरीबाट अनुमति लिएको थियो।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले नागरिकता ऐनअन्तर्गत कारबाही अघि बढाउन अदालतबाट मंगलबार नै म्याद थप गरेर प’क्राउ परेकालाई हिरासतमा राख्दै बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनका अनुसार भारतीय नागरिक शर्मालाई नेपाली नागरिकता बनाइदिन भूमिका खेल्ने सबैलाई कार’बाहीको दायरामा ल्याइने छ।

नागरिकता दिने सरकारी कर्मचारी, नागरिकताका लागि सनाखत गर्ने तथा भूमिका खेल्ने सबै कारबाहीको दायरामा आउने एसपी थापाले बताए। उनले शर्माको परिवारमा अन्यले पनि नेपाली नागरिकता लिएको हुनसक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जनाए।

अदालतको अनुमतिका आधारमा सुनसरी प्रहरीले शर्मालाई प’क्राउ गर्नका लागि मोरङ प्रहरीसँग सहयोग मागेको थियो। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार प’क्राउका क्रममा शर्मा र उनको परिवारका सदस्यले प्रहरीमाथि दुरव्यवहार गरेका छन्। प’क्राउ गरेर शर्मालाई कारबाहीका लागि सुनसरी प्रहरीमा बुझाइएको जानकारी उनले दिए।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा नाम समावेश रहेका उनको जन्ममिति सन् १९६२ जनवरी १ छ। उनको नाममा एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र छ। आफ्ना मुलुकको नागरिक नभएका व्यक्तिलाई भारतीय निर्वाचन आयोगले मतदाता सूचिमै अटाउन नसक्ने भारतकै चर्चित पत्रिका हिन्दुस्तान दैनिकका पत्रकार बरुण मिश्रले बताए। मतदाता नामावलीमा नाम परेकाहरु भारतीय नागरिक नै भएको पुष्टि हुने उनको भनाइ छ। मिश्रका अनुसार भारत सरकारले आफ्ना नागरिक भए÷नभएको नागरिकताका आधारमा यकिन गरेर मात्रै मतदाता नामावली संकलन र सार्वजनिक गर्ने गरेको छ।

कवाडीको काम गर्ने नाममा शर्मा भारतबाट २०५० सालमा नेपाल छिरेर सुनसरीको दुहवीमा बस्न थालेका हुन्। २०५५ सालमा दुहवीकै महिलासँग बिहे गरेका उनले जन्मसिद्धका आधारमा ०३३००९/३२५ नम्बरको नेपाली नागरिकता लिन सफल भएको तथ्य फेला परेको छ।

नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते उल्लेख छ। भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष भए पनि नेपाली नागरिकताका आधारमा भने उमेर ५१ वर्ष मात्रै हुन्छ। भारतमा बुवा मुन्नर शर्माको नामबाट नागरिकता लिएका उनको नेपालमा बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ। आफ्नो नाम पनि भारतमा अनिरुद्ध शर्मा र नेपालमा अनिरुद्र शर्मा भनेर लेखाएको पुष्टि भएको छ।

सुनसरीबाट खटिएको नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईले उनलाई नागरिकता दिलाएको देखिन्छ। नेपाली नागरिक हुन चाहने विदेशी नागरिकले त्यसअघि नै आफ्नो मुलुकको नागरिकता त्याग्नु पर्ने नियम छ। ‘नेपाली नागरिकता लिएका अनिरुद्धले भारतीय नागरिकता त्यागेका छैनन्,’ स्रोतले भन्यो, ‘उल्टै नेपाली नागरिकको जग्गा हडप्न मुद्दामामिला र अनेक प्रपञ्च गरिरहेका छन्।’

शर्माले विराटनगर-५ मा उत्तमकुमार रायकी श्रीमती सीतादेवी रायको नाममा रहेको एक कट्ठा आठ धुर जग्गा हड्प्न किर्ते नेपाली नागरिकताको आडमा नेपालकै अदालतमा मुद्दामामिला गरिरहेको खुलेको छ। उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमीलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेको देखिन्छ। मितेरी साइनोमा जोडिएका शर्मालाई उत्तमकुमारले त्यही जग्गामा आवश्यकता परेका बेला खाली गरिदिने सर्तमा एउटा घर बनाइदिँदै २०६६ सालबाट बस्ने व्यवस्था मिलाइदिएको स्थानीयको भनाइ छ।

तर खाली गर्न अटेर गरेका शर्माले उल्टै जग्गा आफ्नो भएको दाबीसहित वडा कार्यालयमा निवेदन दिएका थिए। वडामा भएको छलफलमा जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पुर्‍याउन नसकेपछि २०७६ साल चैत मसान्तसम्ममा खाली गरिदिने सहमति उनले गरेका थिए। तर उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाए।

विराटनगर महानगरपालिकाको न्यायिक समितिले जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरिदियो। महानगरको न्यायिक समिति संयोजकमा उपमेयर इन्दिरा कार्की र सदस्यहरुमा वडाध्यक्ष विनोदकुमार बस्नेत तथा तीर्थेन्द्र न्यौपाने छन्। तर शर्माले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट दायर गरे।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुन बमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरिदियो। ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९७ बमोजिम फैसला गरिएको छ। न्यायिक समितिले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहरी फैसला भएकाले केही गरिरहनु परेन,’ अदालतको फैसलामा भनिएको छ।

अर्काको जग्गा छाड्न नमानेका शर्माले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिए। भारतीयले नेपालीको जग्गामा आफ्नो हकदाबी गरेर दायर गरेको मुद्दा अहिले उच्चमा विचाराधिन छ। मुद्दामामिलामा जाँदा भारतीय नागरिक रहेका अनिरुद्धले किर्ते गरेर बनाएको नेपाली नागरिकताको प्रमाणपत्र अदालतमा पेस गरेका छन्। नातामा शर्माका ज्वाई पर्ने राजेन्द्र ठाकुरले पनि जग्गा उत्तमकुमारकै भएको बताउँदै अरुले दाबी गर्न नमिल्ने उल्लेख गरे।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार भारतीले लिएको नेपाली नागरिकता स्वत बदर हुने कानुनी व्यवस्था छ। साथै नेपालमा रहेको सबै चलअचल सम्पत्ति जफत गरेर सरकारीकरण हुने उनको भनाइ छ। विदेशी नागरिकलाई झुठा विवरणको आधारमा नागरिकता दिलाउन सना’खत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ। नागरिकता लिनेलाई भने एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय