मंगलबार , चैत्र ७, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

आफूहरूलाई यसरी नै पेलेरै जाने नीति लिए सामूहिक राजीनामा दिने सन्देश प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको नेपाल पक्षीय एक सांसदले सेतोपाटीलाई बताए।

‘फागुन २८ गते ‌ओलीले एकलौटी रूपमा राखेको बैठकयताको समयलाई शुन्य समय मान्नुपर्छ। त्यो भनेको २०७५ जेठ २ मा फर्किनु हो,’ ती सांसदले भने,’ओलीसँग बहुमत छँदैछ। उनले चाहेमा पार्टीका सबै कमिटीलाई आयोजक कमिटीसमेत बताउन सक्छन्। तर हाम्रो उपस्थिति हुनुपर्छ।’

आफूहरूले राजीनामा दिँदा संघमा मात्र नभई प्रदेशमा समेत राजीनामा दिने उनले बताए।

‘संघ र प्रदेशमा समेत हामीले राजीनामा दिने हो भने सबैतिर एमालेको सरकार रहँदैन। त्यसको घाटा ओलीलाई नै हुन्छ,’ अर्का एक सांसदले भने, ‘फ्लोर क्रस,अनुपस्थितभन्दा यो बढी राजनीतिक हुन्छ भन्ने हाम्रो बुझाइ छ। यसले हामीलाई जनता र कार्यकर्तामा समेत जान सजिलो हुन्छ।’

सामूहिक राजीनामा दिने चेतावनीसहितको सन्देश पठाए पनि अहिलेसम्म कुनै जवाफ नआएको ती सांसदको भनाइ छ।

ओली पक्षीय एक सांसदले नेपाल पक्षले फ्लोर क्रस,अनुपस्थित र राजीनामामध्ये एक रोज्न सक्ने सेतोपाटीलाई बताए।

‘उनीहरूले हामीलाई सहयोग गर्छन् भन्ने लागेको छैन। उनीहरूले २०७५ जेठ २ मा फर्किनु पर्ने सर्त राखेका छन्। जुन पूरा गर्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्न,’ ती सांसदले भने,’अहिले परिस्थितl धेरै अघि बढिसकेको छ।

त्यसैले प्रधानमन्त्रीले धेरै पहल गर्नुहुन्छ जस्तो लाग्दैन। विश्वासको मत प्राप्त भए हुन्छ नभए हुँदैन भन्ने सोच प्रधानमन्त्रीले बनाइसक्नुभएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गरिसकेका छन्। नेपाल पक्षसँग रहेको भनिएका ३५ सांसदमध्ये प्रत्यक्ष निर्वाचित सांसद २३ जना हुन्। २३ मध्ये सुर्खेतबाट निर्वाचित ध्रुव शाहीले नेपाल समूह छोडेको बताइसकेका छन्।

बाँकी २२ मध्ये ओलीले २० जनालाई स्पष्टीकरणसमेत सोधेका छन्। ओलीले प्रत्यक्षतर्फका २० सहित ३० जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

‘समानुपातिक सांसदले राजीनामा दिएर अर्थ भएन। त्यो ठाउँमा तत्कालै अरू ल्याउन सक्छन्। राजीनामा दिनुपर्ने अवस्थामा कति रहन्छन। त्यो पनि आफ्नो ठाउँमा होला,’ उनले भने,’ओली लचिलो नभएमा हामीसँग अब अरू केही विकल्प रहलाजस्तो छैन। यद्यपी नेताहरूको छलफलले कस्तो निष्कर्ष निकाल्छ त्यो नै हाम्रो अन्तिम निर्णय हुन्छ।’

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय