शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

गलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन ।

अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ ।

विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो   देखिँदैन ।

यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ ।

यस्तै दुई प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय संविधान र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर पनि बैठकले      गरेको छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय