बिहिबार , चैत्र १५, २०८०

विराटनगर

सशस्त्र प्रहरीले खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई विराटनगरबाट प’क्राउ गरेको छ । कोरोना महामारीका कारण नेपाल–भारत सीमा नाका सिल गरिएको अवस्थामा चो’र बाटो हुँदै अलग–अलग समयमा नेपाल प्रवेश गरेका दुई जनालाई नियन्त्रणमा लिएर शरीर खा’नतलासी गर्दा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ब’रामद भएको हो ।

विराटनगर महानगरपालिका–१६ शान्ति टोलका २३ वर्षीय अमोद यादव र विराटनगर–१५ हड्तालीहाटमा बसोबास गर्दै आएका भारतीय नागरिक १८ वर्षीय अभिषेक चौधरीलाई अवै’ध रुपैयाँसहित प’क्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना अवै’ध ढंगले पैसाको कारोबार गर्ने व्यक्तिहरु भएको खुलेको छ । रातको समयमा विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा यादव र चौधरीलाई अलग–अलग समयमा प’क्राउ गरिएको डीएसपी राईले बताए ।

प’क्राउ परेकामध्ये चौधरी भारत कटिहार नगरपञ्चायत–४४ नयाँटोलका बासिन्दा हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारततर्फ ल्याउने एवं लैजाने गि’रोह सक्रिय रहेका कारण नियन्त्र’णमा लिन विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।

उनका अनुसार प’क्राउ परेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट छ लाख ५० हजार नेपाली रुपैयाँ बरा’मद भएको छ । दुवै खुट्टाको घुँडा मुनीको भागमा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेर उनीहरु नेपाल प्रवेश गरेको पाइएको एसपी पौडेलले बताए । उनका अनुसार दुवै जनालाई एन्टि’जेन परीक्षणपछि सोमबारसाँझ आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

एसपी पौडेलले प’क्राउ परेका युवाहरू नेपाल तथा भारत दुवैतर्फ रहेका अवै’ध हुन्डी कारोबारीका भरिया हुनसक्छन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गि’रोह नै सक्रिय रहेको पाइएपछि सीमा क्षेत्रमा निग’रानी बढाएर कडाई गरिएको जानकारी उनले दिए । भन्सार कार्यालयले कानुनी कारबाहीका लागि बरामद रकम जफत गरेर थप प्रक्रिया अघि बढाउने भएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवै’ध गतिविधी एवं आवतजावत निय’न्त्रणमा लिन विशेष टोली नै परिचालन गरेका छन् । चो’री–तस्क’री, सीमा सुर’क्षा एवं अवै’ध आवतजावत रोक्नका लागि उनले मातहतका सबै युनिटलाई आवश्यक निर्देशन पनि दिएका छन् । डीआईजी दाहालले सबै खालका अवै’ध गतिविधि रोक्न र त्यसमा संल’ग्नलाई तत्का’ल निय’न्त्रणमा लिन कुनै पनि सम्झौता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय