बिहिबार , चैत्र ९, २०७९

बलिउडसँगै हलिउडमा पनि ख्याति कमाउन सफल भएकी प्रियंका चोपडाले आफ्नो नयाँ पुस्तकमा जीवनका रोचक प्रसंगहरु खुलाएकी छिन्। पुस्तक ‘अनफिनिस्ड’ मा प्रियंकाले विद्यालय जीवनमा आफ्नो प्रेमीलाई घरमा बोलाएको र आफ्नी आन्टी एक्कासी घर आएपछि आफूले प्रेमीलाई दराजमै लुकाउने अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

पुस्तकका अनुसार प्रियंकाको उक्त प्रेमीको नाम बब थियो। आफूले बबलाई असाध्यै माया गर्ने गरेको पनि उनले बताएकी छिन्। भारतीय संचारमाध्यम जुमका अनुसार प्रियंका र बबको कक्षा दशमा पढ्का प्रेम सम्बन्ध थियो। त्यसबेला प्रियंका आफ्नी आन्टी किरणसँग अमेरिकाको इन्डियानापोलिसमा बस्थिन्।

जुमका अनुसार पुस्तकमा प्रियंकाले लेखेकी छिन्,‘एक दिन बब र म हात पक्रिएर सोफामा सँगै बसेर टिभी हेरिरहेका थियौं। मैले झ्याल बाहिरबाट आन्टी आइरहेको देखे। म निकै डराएको थिए। त्यसबेला दिउँसोको २ बजेको थियो र आन्टी सँधै आउने समयभन्दा चाँडै आउनु भएको थियो। बब घर बाहिर जाने सम्भावना थिएन। त्यसकारण मैले बबलाई दराजमा लुकाए।’

पुस्तकमा उनकी आन्टीले दराज खोल्न लगाएको र बबलाई देखेको प्रसंग समेटिएको छ। पुस्तकमा भनिएको छ,‘मैले आन्टी त्यसरी रिसाएको कहिल्यै देखेको थिइन्।’ उक्त घटनापछि आन्टीले आमालाई फोन गरेर वृतान्त सुनाएको र त्यसपछि नै आफू भारत फर्किएको प्रियंकाले लेखेकी छिन्।

भारत फर्किना साथ प्रियंकाले मिस इन्डियामा भाग लिएको र मिस इन्डियाको ताज पहिरिएपछि नै उनले मिस वर्ल्डको उपाधि पन जितेकी थिइन्। मिस वर्ल्ड जित्दा प्रियंका १८ वर्षकी थिइन्। नयाँ ताजा अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय