
काठमाडौं
नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेर गरेको निर्णयको स्वागत गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले यस्तो बताएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही बैशाख २७ गते विश्वासको मत लिने कुरा मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
उनले लेखेका छन्–‘संवैधानिक बाध्यता नभए पनि संसदबाट विश्वासको मत लिन खोजेर @kpsharmaoli ले सरकारको राजीनामा माग्ने तर अविश्वास प्रस्ताव ल्याउने आँट नभएर अनिर्णयका बन्दी भइरहेका विपक्षीलाई पनि निकास दिन लाग्नुभएको छ। आशा गरौं- यसबाट देशले बॉकी २ बर्ष उहॉकै निरन्तरता वा मंसिरमा चुनाव भन्ने तय गर्नेछ।”
यो पनि
सपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।
रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् ।
प्राय हिन्दी सिनेमामा देख्न पाइने राजनीतिक नाटक लुम्बिनीमा मन्चन भइरहेको छ । हिन्दी सिनेमा जस्तै अब के हुन्छ भनेर अनुमान लगाउन सजिलो छैन ।
लुम्बिनीको राजनीतिले कस्तो मोड लिन्छ ? कुन नाटक मन्चन हुन्छ त्यो देखिँदै जानेछ । केटीएम दैनिक