शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

नेपाल प्रहरी सँगसँगै ससस्त्र प्रहरीले पनि कोरोना संक्रमण नियन्त्रणको लागि सहयोग गर्दै आएको छ। देशभर नेपाल प्रहरीतर्फका १५ हजार भन्दा बढी सुरक्षाकर्मी छन् भने ससस्त्र प्रहरीले पनि ८ हजार भन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्।

उपत्यका तथा देशका विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाको कार्यान्वयन गर्ने/गराउने प्रमुख जिम्मा नेपाल प्रहरी कै हो। यतिबेला प्रहरीको मुख्य ड्युटी निषेधाज्ञा केन्द्रित छ। नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्।

कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका विभिन्न जिल्ला भइरहेका प्रहरी चेकिङ थप कडाइ गरेको छ। सामान्य परिचयपत्रका आधारमा निषेधाज्ञाको अवज्ञा गर्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो।

प्रहरीले सडकमा चेकिङ कडाइ सँगसँगै कोरोना नियन्त्रणको लागि आफ्ना क्रियाकलाप पनि सक्रिय राखेको छ। सचेतनामूलक तथा मास्कसमेत विवरण गरेको छ। आइतबार देशभर २ सय ३४ वटा सचेतनामूलक कार्यक्रम भएका छन्। ती कार्यक्रमा ३२ हजार जना सहभागी थिए। त्यस्तै, ९ हजार ९ सय मास्क वितरण, होल्डिङ सेन्टरमा ४ सय ४४ जनालाई राखिएको थियो भने ६ सय सवारीसाधनमाथि जरिबानासहितको कारबाही गरिएको थियो।

जरिवानामा पर्ने संख्या ५ सय १५ जना रहेको छ। जरिवानाबाट एक दिनमा मात्रै ६० हजार ५ सय राजस्व संकलन भएको छ। नेपाल प्रहरीका प्रवक्ता बसन्त कुवँरले आइतबार प्रहरीले उपत्यकाका मुख्यमुख्य चोकहरूमा बढी कडाइ गरिएको जानकारी दिए। उनले सबैजसो सवारीसाधन रोकेर चेकजाँच गरिएको बताए।

उनका अनुसार अनावश्यक र अनुमतिबिना ओहोर दोहोर गरेको संख्या बढेपछि प्रहरीले कारबाही बढाएको हो। कारबाहीमा परेकालाई जरिबाना तथा होल्डिङ सेन्टरमा उभ्याएको थियो। ‘सामान्य तरीकाले कडाइ गर्दा उल्लंघन बढ्यो,’ प्रवक्ता कुवँरले भने, ‘त्यसकारण प्रहरीले कडाइ गर्नुपर्ने अवस्था आएको हो।’

उनका अनुसार अत्यावश्यक काम परेर बाहिर निस्किएकाहरूलाई प्रहरीले छाडेको थियो। सरकारले देशका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको बेला जथाभाबी ओहोरदोहोर गर्नेमाथि प्रहरीले थप कडाई गर्न थालेपछि संक्रमण नियन्त्रण हुन सक्ने अनुमान गरिएको छ।

तर, अधिकांशले मापदण्ड उल्लंघन गरेकोले प्रहरीले थप सतर्क गराएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार प्रहरीले चेकजाँच गरेको बताए।

उनले प्रहरी चेकजाँचका क्रममा अनावश्यक काम कारबाहीमा हिडेकाहरूको संख्या बढी पाइएको जानकारी दिए। उनीहरूलाई प्रहरीले रोकेर सम्झाई बुझाई छाडेको थियो। नियम उल्लंघन गर्नेहरूको सवारीसाधन नम्बर समेत प्रहरीले टिप्ने गरेको छ। ‘प्रहरीले धेरैजसो ठाउँमा कडाइ गरेको छ,’ एसपी बस्नेतले भने, ‘सक्रमण बढ्दै गइरहेको बेला मास्कसमेत नलगाएको पाइएको छ।’ उनका अनुसार आइतबार उपत्यका लगायत देशका मुख्य सहरमा हजारौंलाई कारबाही गरेको हो।

नेपाल प्रहरी सँगसँगै ससस्त्र प्रहरीले पनि कोरोना संक्रमण नियन्त्रणको लागि सहयोग गर्दै आएको छ। देशभर नेपाल प्रहरीतर्फका १५ हजार भन्दा बढी सुरक्षाकर्मी छन् भने ससस्त्र प्रहरीले पनि ८ हजार भन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्।

यसबाहेक अन्य प्रहरीलाई नियमित कामका खटाइएको छ। समुदायस्तरमा संक्रमण फैलिएपछि प्रहरीमा पनि संक्रमण बढ्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले देशभरमा प्रहरी कार्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। संक्रमण बढेपछि प्रहरीले सामूहिक खानाखाने (मेस) कार्यक्रम पनि रोकेको छ। अधिकांश कार्यालयहरूमा सचेतना अपनाएर शान्ति सुरक्षा प्रदान गर्ने वातावरण मिलाइएको नेपाल प्रहरीले जनाएको छ।

नागरिक न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय