शुक्रबार , चैत्र १६, २०८०

कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको मृ’त्यु भएको छ । ताराखोला गाउँपालिका– ३ की ३० वर्षीया तेजमाया भण्डारी परियारको मृ’त्यु भएको हो । ताराखोला गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेकी भण्डारीको कोरोना संक्र’मणपश्चात् उपचारका क्रममा धौलागिरि अस्पताल बाग्लुङमा मृ’त्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड– १९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

रुघाखोकी र कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई १८ गएराति ८ बजे धौलागिरि अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्र’मण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियूमा भर्ना गरिएको अवस्थामा उपचा’रकै क्रममा ज्या’न गएको घिमिरेले बताए । तीन–चार दिन अघिदेखि सामान्य रुघाखोकी लागेपछि स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदीत थापाले बताए ।

‘रुघाखोकी कोरोना लक्षण देखिए पनि घरमै बसेर औषधि खाइरहनुभएको रहेछ,’ थापाले भने, ‘गाउँपालिकाको कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजनको मात्रा जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍याैँ, तर कठिन भएपछि तत्काल धौलागिरि अस्पताल रेफर गरेर पठाएका हौँ ।’ अस्पतालमा आइसि’यूमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको थापाले बताए ।

कोरोना संक्र’मणको सि’कार बनेकी उनले दुवै चरणको कोरोनाविरुद्धको खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । खोपले काम गरेकोजस्तो नदेखिएको उनको भनाइ छ । काठेखोला गाउँपालिका– ३ धम्जा माइत भएकी उनले अन्तर्जाजातीय विवाह गरेकी हुन् ।

भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला– ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् । योसँगै बाग्लुङमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १३ पुगेको छ । कुल एक हजार तीन सय पाँचजना संक्र’मित भइसकेको यस जिल्लामा हाल एक सय ९९ संक्रिय संक्रमित छन् । नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय