बिहिबार , बैसाख १३, २०८१

पाेखरा ।

गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । जेलजस्तो पदमा बसिरहनुभन्दा मुक्त हुन पाउँदा नै आफूलाई खुसी लागेको भन्दै उनले धन्यवाद दिएका हुन् ।

आफूसँग कुनै पनि अधिकार नरहेको र त्यस्तो पदमा बसिरहन मन पनि नभएको उनले बताए । पदमुक्त भएको भोलिपल्ट मंगलबार (आज) पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले भने, ‘पदमुक्त भएकामा अत्यन्तै खुसी छु । त्यसका लागि राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद ।’

विगतमा आफूलाई राष्ट्रपति समेत बन्न प्रस्ताव आएको तर आफूले अस्वीकार गरेको उनले सुनाए । साथै प्रदेश प्रमुख बन्न आफू अनिच्छुक हुँदा पनि बाध्य भएर बस्नुपरेको उनले बताए ।

‘सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीजी तथा पुनः प्रचण्ड जीमार्फत् आएको प्रस्ताव थियो यो,’ उनभे भने, ‘पछि पार्टीको निर्णय मान्नुपर्ने भन्ने आएर बाध्यताले स्वीकार गरेको पद हो यो ।’ त्यस बाध्यताबाट मुक्त भएकोमा खुसी लागेको उनको भनाइ छ ।

आफू पद जोगाउन अनेक खेल खेल्ने लालची व्यक्ति नभएको भन्दै उनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धाको रूपमा लागिपर्ने बताए ।

शेरचन नेकपा माओवादी केन्द्रका नेता हुन् । उनलाई सोमबार गण्डकी प्रदेशको प्रमुख पदबाट हटाएर एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ । न्यूज २४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय