शनिबार , बैसाख ८, २०८१

काठमाडौं, २० वैशाख ।

नेपालको सम- सामयिक राजनीतिमा देखा परेको समस्या र उक्त समस्या सृजना गर्ने पात्र र प्रवृत्ति संग जोडेर मैले मा। महन्त ठाकुरको भूमिका बारे थोरै के चर्चा गरेको थिए। मानौ तीनका क्याम्पमा १० रेक्टरको भुकम्प गएको महसुस गरे। वहाँका नजिक मानिएका केही थान झाजीहरु मानौ मेरो बिचारले महन्तजीको राजनीति नै धरापमा पर्ने र तिनी झा बन्धुहरूको चुरिफुरी पनि त्यसै संग समाप्त हुने जस्तो मानेर न्यावरण देखिको बल लगाएर मेरो बिरुद्धमा केहि अनलाइन मिडिया मार्फत भ्रामक, कपोलकल्पित एंव झुठो तर्कहरू सार्वजनिक गरेको देख्दा मा।

महन्तजी बारे पुनः केही थप चर्चा गर्न आवश्यक ठानेको छु।

आदरणीय महन्तजी मैले तपाई बारे खाशै केही लेखेको थिएन। यति मात्रै बिन्ती गरेको थिए की संघियता, गणतन्त्र, धर्मनिरपेक्षता एंव समाजिक न्याय सहितको समावेशी लोकतन्त्र निवेदन दिएर प्राप्त भएको होईन। यसको लागि नेपाली आमाका १७००० होनहार सन्तानले बलिदान दिएका थिए। यस मध्ये ३००० भन्दा बढि तराई मधेसवाट यहाँका थारु, मधेसी, दलित, मुस्लिम, महिला र अल्पसंख्यकहरूले बलिदान गरेका थिए। मेरो परिवार वाट पनि मेरो श्रीमती इन्दु शर्माको सहोदर भाइ श्यामेन्द्रले पनि महोत्तरी कै हलखोरीमा आफ्नो अमूल्य जीवनको बलिदान दिएको छ।

भाग्यवश म सेना प्रहरीको त्यो घेरा तोडेर बाच्न सफल भएको तपाई सबैलाई थाहा नै छ। यति ठुलो त्याग, तपस्या र बलिदानबाट प्राप्त यी महान उपलब्धिहरूको बिरुद्धमा केपी ओली लागेको हामी सबैलाई थाहा नै छ। ओलीजी कहिल्यै पनि संघियता र गणतन्त्रको पक्षपाती थिएन, जुन बेला देशमा माओवादी सहित सात दलको आन्दोलन भइरहेको थियो त्यसबेला वहाँ कहाँ हुनुहुन्थ्योरु सबैलाई थाहा छ वहाँले जनआन्दोलनको बिरुद्धमा खिसीटिउरी गर्दे बयल गाडा चढेर अमेरिका पुगे जस्तै संघियता र गणतन्त्र बारे बिषवमन गरिरहेका थिए।

संयोगबश वहाँ आन्दोलन सफल भएपछि गिरगिटले रंग फेरे जस्तै आफुलाई पनि परिवर्तन पक्षधर रहेको नाटक गर्दे एमालेको नेतृत्वमा पुग्न मात्रै सफल हुनुभएन क। प्रचण्डलाई पनि भ्रमित गरेर परिवर्तनको बिपक्षमा नलाग्ने, संविधानको इमानदारी पूर्वक कार्यान्वयन गर्ने, तिब्र बिकास र समृद्धिको दिशामा लाग्ने, संघियता र गणतन्त्रलाई धोका नदिने, बिदेशीको दलाली नगर्ने, समाजवादको बाटोमा मुलुकलाई अगाडि बढाउछु। दुवै जना अध्यक्ष एंव आधी(आधी समय प्रधानमन्त्री भएर चलाउने सम्मको चकमा दिन सफल हुनुभयो, समयक्रम बितदै जादा नेपालीमा एउटा उखान छ कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रामा राखे पनि बाङ्गे को बांड्गै भने जस्तै आफ्नो समय गुजारि सकेपछि क। प्रचण्डलाई धोका मात्रै दिनुभएन आफै अध्यक्ष रहेको पार्टीलाई टुक्रा टुक्रा गर्नूभयो। करिव दुई तिहाइ संसद रहेको सरकारलाई असंम्वैधानिक एंव निरंकुश तरिकाले बिघटन गरि सम्पूर्ण उपलब्धि माथि धावा वोल्दै प्रतिगमनका नायक हुनुभयो।

आदरणीय महन्तजी, मेरो भनाइ यति मात्रै हो की तपाई आफ्नो सम्पूर्ण जवानी काँग्रेसमा बिताउनु भयो सधै सत्तामा बस्नु भयो हामी कहिल्यै ईर्ष्या गरेनौ। उतरार्धतिर गिरिजा बाबुले तपाईँलाई थोरै मिनमाइज गरेर बिज्ञान प्रविधि मंत्री के बनाएको थियो। तपाईको स्वाभिमान एकाएक जाग्यो र रिषमा मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला बुढेसकालमा मधेसी नेता हुनुभयो। तपाई लाई राम्रो संग थाहा छ, अन्तरिम संविधानमा संघियता बारे छलछाम गरेपछि मधेस बिद्रोह ०६२र०६३ भएको हो, त्यस बिद्रोहको अध्यक्ष उपेन्द्र यादवजी र महासचिव म स्वयं थिए, मधेसी जनताको बलिदानको जगमा भएको त्यो ऐतिहासिक मधेस बिद्रोह पछि उपेन्द्रजी ले २२ बुँदे सम्झौता गरेपछि म लगायत दर्जनौ नेता र हजारौं कार्यकर्ताहरू ले बिद्रोह गरेको थियो, पछि तपाई चलाकी पुर्वक त्यसकै नेता भएर भारतको पटना बाट काठमाडौं आउनुभयो र काठमाडौंमा तमलोपाको औपचारिक घोषणा भयो म लगायत केही साथीहरू तपाईको पदाधिकारीमा बसे, हाम्रो बिद्रोह तब सत्य सावित भयो जब पछि फोरम, तमलोपा र सदभाव मिलेर दोस्रो पटक आन्दोलन भयो र तत्पश्चात् राज्य, प्रमुख दलहरू र संयुक्त मधेसी मोर्चा बिचमा ८ बुँदे सम्झौता भयो, त्यो सम्झौता नै मधेसी को लागि रामायण र गीता भएको छ र तपाई जस्ता नेताहरूले त्यसैलाई व्यापार गरेर दिन गुजारिरहनु भएको छ।

तपाईँलाई राम्रो संग ज्ञात हुनुपर्छ की संविधान सभाको पहिलो निर्वाचितमा म महोत्तरी वाट निर्वाचित भएको थिए र तपाई सर्लाहीबाट पराजित हुनुभयो, तरपनि मैले इमानदारी पुर्वक तपाईँलाई मनोनयन गरेर ल्यानुपर्छ भन्ने पहिलो प्रस्ताव पार्टीमा गरे र पछि तपाईलाई पार्टी ले सांसद बनायो तपाई दलको नेता हुनुभयो, मैले कहा गल्ती गरे, के तपाईलाई सांसद बनाउने प्रस्ताव गलत थियोरु वा पटना वाट काठमाडौं ल्याएर अध्यक्ष स्वीकार्नु गलत थियोरु म जस्ता युवाको काँधमा चढेर हामिलाई नै सिध्याउने तपाईको बेइमानी होइन रु पुराना पंच, अन्धभक्त र काँग्रेसीहरुलाई साथमा लिएर कसैको इसारामा हामी युवाहरू माथि तपाईले अन्याय गरेको होइनरु म तपाई र तपाईको गलत क्रियाकलाप संग असहमत भएर पार्टी छोड्दा स्पस्टीकरण सोध्ने बित्तिकै ३ बर्ष अगाड़ी नै संविधान सभा बाट राजीनामा गरेको होईनरु तर मेरो प्रश्न छ तपाई के गर्नुभयोरु हिन्दीमा एउटा उखान छ सयौ चुहा खाके बिल्ली हजको चली, पटक पटक काँग्रेसको सरकारमा मंत्री भएर सता भोग गर्दे बुढेशकाल सम्म पनि पार्टीको सता नछोड्ने र अद्रिष्य सम्पत्ति माथि कुन्डली मारेर बसेको होइनरु त्यागीको आवरणमा कर्मचारी रहेको सम्धीलाई मधेसी कोटामा मंत्री बनाएको होइनरु संसारमा कहि नभएको प्रचलन छोरीको बिवाहका लागि दाइजो स्वरूप एक समान्य गृहनी सम्धिनीलाई समानुपातिक सांसद बनाएको होइनरु तपाई पटक पटक हारेपछि समानुपातिक कोटामा सांसद बनेर सुविधा लिएको होइनरु तसर्थ म जस्तो मधेसका युवा क्रान्तिकारीहरू जस्ले माओवादी जनयुद्ध र मधेस आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका छन् बारे आफ्ना चैते हनुमानहरू मार्फत अनर्गल एंव भ्रामक प्रचार गर्दा होसियार हुन हार्दिक आग्रह गर्दछू।

जहा सम्म तपाईका चैते चाप्लुसहरूले मेरो बारे अनर्गल, तथ्यहिन र भ्रामक प्रचार गरेर केही अनलाइन मार्फत समाचार लेखाएका छन म तपाईँलाई खुल्ला चुनौती दिन चाहन्छु अब हुने चुनावमा तपाई महोत्तरी ३ बाट नभाग्नु होला। पटक पटक अमरेश सिहं र शिव पुजन यादव जस्ता समान्य कार्यकर्ता बाट हारेका तपाईले महोत्तरीको जनता को भावना संग जसरी खेलवाड गर्नू भयो अब त्यो हुने छैनरु सबैलाई थाहा छ, बिकासको नाउमा तपाईको सरकारले के गर्यो हेर्नका लागि तपाईले जितेको क्षेत्रबाटै छर्लङ्ग हुन्छ, तपाईको संसदिय कोषमा भएको भ्रष्टाचार बारे मैले होइन रास्ट्रिय मिडिया हरूले गरेको सार्वजनिकिकरण नै काफि छ।

जहाँ सम्म मेरो प्रश्न छ, म सांसद बाट राजीनामा गरेपछि चुनाव लडेको छैन, एक पटक वृहत जनकपुर क्षेत्र बिकास परिषदको अध्यक्ष भएर गरेको काम जनकपुरको इतिहासमा सुनौलो अक्षरले लेखेको तपाई सबैलाई थाहा छ, अध्यक्ष रहेकै समयमा बिकासको लागि दुई पटक गरेको सफल सत्याग्रह पनि तपाईलाई राम्रो संग थाहा छ, मैले पहिले पटक ९ दिन गरेको सत्याग्रहको परिणाम स्वरूप तपाई कै निर्वाचन क्षेत्रमा पर्ने जनकपुर – जलेश्वर – भिठ्ठामोड सिगंल लेन जिर्ण सडक फोर लेन भएको छ भन्ने १६ दिने सत्याग्रहको कारण उजार जनकपुर गुलजार एंव आधुनिक शहरको रूपमा अगाडि बढेको छ।

तसर्थ अन्त्यमा तपाई आफ्ना चैते चाकरहरु मार्फत होइन तपाई आफै जवाफ दिनु होला र आशा गर्दछू की तपाईको र मेरो भेटघाट महोत्तरीको निर्वाचन क्षेत्र नं३ मा अवश्य हुनेछ, त्यस क्षेत्रको जनताले तपाई मार्फत मधेसको नाउमा बिदेशी संग भइरहेको व्यापार, हत्या, बलात्कार र भ्रष्टाचार संगै केपी वली जस्ता प्रतिगमनकारी संघियता एंव मधेसी बिरोधी संग गरेको साठगाठ बारे अवश्य कडा जवाफ दिने छ भन्ने बिश्वास लिएको छु होस् त प्रणाम महन्त जी।  रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय