शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ, २० बैशाख ।

जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे जसपामा दुई धार देखिएको छ ।

ओलीलाई साथ दिनुपर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो छन् भने ओलीलाई कुनैपनि हालतमा विस्थापित गर्नुपर्ने पक्षमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई छन् ।

जसपाको संसदीय दल र कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको दाबी गरिएको छ । तर, ठाकुर पक्षले भने अहिले नै बहुमत कसको पक्षमा छ भनेर परीक्षण भईनसकेको दाबी गरेको छ ।

यही बीचमा जसपाले भोलि नै संसदीय दलको नेता चयन गने तयारी गरेको छ । जसपा उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ठाकुरलाई बहुमत सदस्यले साथ दिने भएको हुँदा उनी भोृलि नै संसदीय दलको नेता चयन हुने सम्भावना छ ।

ठाकुरलाई यादव पक्षका चार जना सांसदले पनि साथ दिने भएपनि उनी बहुमतमा पुगेका छन् । यादव पक्षधर सांसदहरु डा। उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव, प्रदीप यादव र रुही नाझले ठाकुरलाई साथ दिने स्रोतको दाबी छ ।

यो बीचमा ठाकुर पक्षसँग यी चार जना सांसदहरुको नियमित छलफल भैरहेको समेत जनाईएको छ ।प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको अवस्थामा जसपाले ठाकुरलाई नै संसदीय दलको नेता बनाउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपामा ३२ जना सांसद छन् । त्यसमध्ये ठाकुर पक्षसँग कम्तिमा २० जना सांसद पुग्ने दाबी गरिएको छ । तर, यादव पक्षले भने कुनैपनि हालतमा आफूहरु नै बहुमतमा रहेको जिकिर गर्दै आएको छ ।

यसअघि यादव पक्षले प्रधानमन्त्री ओलीविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने भन्दै १८ जना सांसदको हस्ताक्षर गरेर राखिसकेको पनि बताईएको छ । महन्त ठाकुर संसदीय दलको नेतामा मनोनीत भए लगभग ओलीलाई जसपाको समर्थन जानेछ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय