शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, २१ वैशाख ।

नेकपा एमाले का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बुहमत सिद्ध गर्नको लागि यही बैशाख २७ गते विश्वासको मत लिन लागेको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव राख्नै सकेन । नेताहरुले किन अविश्वासको प्रस्ताव राख्न सक्नुभएन रु’ उनले अब राजनीतिक कोर्स अब सही ट्रयाकबाट अघि बढ्ने विश्वास दिलाए ।

उनले कांग्रेसलाई पनि प्रष्ट एमाले र प्रधानमन्त्री ओलीले पार्नुपर्ने अवस्था भएको सुनाए । माधव नेपाल पक्षधरले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पनि विश्वास दिलाए । उनले भने,‘विश्वासको मत प्रधानमन्त्रीले माग्नुभएको छ, उहाँमा कति धेरै कन्फिडेन्स छ, त्यो हेर्नुहोस न ।’

यो पनि

संसद पद गुमाएपछि पनि जसपा नेत्रीहरु ६ महिने म्यादि मन्त्रीमा रमाए

काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुई जनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईको कारबाहीमा परेर सांसद पद गइसकेका कल्पना पाण्डे र राज्यमन्त्री सुमन शर्मा रायमाझीले सपथ लिएका हुन्।

समानुपातिक सदस्य कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री भएकी छन्। अर्की समानुपातिक सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी छन्।

पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाए। राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन्।

यसअघि अविश्वास प्रस्ताव दर्ता भएकै दिन गत वैशाख ६ गते उनीहरु दुवै त्यही मन्त्रालयमा पुगेका थिए। तर जसपाले कारबाही गरेपछि उनीहरुले सांसद पद गुमाएका थिए।

यसैगरी आइतबार दुई जना मन्त्रीले सपथ लिएका थिए। यससँगै जसपाबाट चारैजना मन्त्री फर्किएका छन्। तर उनीहरु निलम्बित छन्। लुम्बिनीको ७ सदस्यीय मन्त्रिमण्डलमा एमालेका ३ र जसपामा ४ मन्त्री भएका छन्। रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय