आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ, २० बैशाख ।

जसपाका नेता महन्त ठाकुर यति बेला आफ्ना संघीय संसदलाई तत्काल काठमाडौँ आउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेको मुद्धा विशेष गरेर रेशम चौधरि लागायतलाई आम माफि दिने बाहानामा महन्त ठाकुरलाई आफ्नो पक्षमा विश्वासको मत लिन यस्तो उपाया लगाएका हुन् ।

यदि जसपाको माग सम्बोधन गर्न भए ओली सरकारले ३ बर्ष सम्म किन माग सम्बोधन गरेन ओलीले कठिन पस्थितिमा मात्र जसपाको साथ खोजेको हो ।

लुम्बिनीमा आईतबार एमाले संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो उकलौटि सरकार गठन गर्न योजना सहित राजिनामा दिएर महतो पक्षका संसदलाई घरकोना घाटको बनाई दिएका थिए ।

महन्त ठाकुरले हामिलाई विश्वास घात भयो भनेपछि ओलीले आफ्नो पक्षमा महन्त नहुने देखेपछि शंकर पोखरेललाई महन्तको मन बुझाउन चारै जनालाई मन्त्री बनाए ।

यसले पनि के देखाउछ भने ओलीले जसपालाई बलिको बोका बनाउने निश्चित देखिन्छ । विश्वासको मत पाएपछि ओलीले जसपाको कुनै पनि माग सम्वोधन गर्ने वाला छैनन् ।

यसो भयो भने महन्त ठाकुर हिस्स बुढि खिच्च दाँत बाहेक अरु केही हुनेवाला छैन ।

 

एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस प्रवेश

काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट सांसद रहेका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनस् नियुक्त भएपछि असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका पाण्डेय सोमबार कांग्रेस प्रवेश गरेका हुन्।

पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई उम्मेदवार बनाउने सहमति कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको छ।

यसबारे आज पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराएका हुन्। यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।

पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय