
एजेन्सी, २० बैशाख ।
सनी लियोनीले बलिउड चलचित्र उद्योगमा अलग्गै पहिचान बनाएकी छन् । उनले आज एक भिडियोमार्फत बैवाहिक जीवन सुखद बनाउने टिप्स दिएकी हुन् ।
भिडियोमा सनीले पति डेनियल वेबरसँग मस्ती गरेको देखिन्छ । भिडियोमा उनले श्रीमान र श्रीमतीवीच खुलेर कुराकानी हुनु अति आवश्यक भएको बताएकी छिन् ।
उनले पति–पत्निले डेट नाइटको योजना बनाउनु पर्नेमा जोड दिएकी छन् । जोडीले सँगै खाना बनाउँदा सम्बन्ध बलियो हुने उनको धारणा छ ।
त्यसैगरी, सनीले एकले अर्कालाई हाँस्न, हसाउन र तारिफ गर्न पनि आवश्यक रहेको तर्क गरेकी छन् ।
सनी र डेनियल वेबरको विवाह २०११ मा भएको थियो । उनीहरुको २ सन्तान पनि छन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइंङ धेरै छन् ।
यो पनि
कोरोना संक्रमितको सहयोगमा जुटे सोनु निगम
नेपाल लगायत भारतमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएको छ । बलिउडका कलाकारहरु पनि सहयोगको लागि जुटेका छन् ।
आज गायक सोनु निगमले सहयोगको हात अगाडी बढाएका छन् । सोनुले गोल्फर कृषिव केएल टेकचंदानीसँगको सहकार्यमा कोरोना संक्रमितको लागि पोर्टेबल अक्सिजन सिलिन्डर वितरण गरेका हुन् ।
सोनु निगमले कोविड–१९बाट संक्रमित व्यक्तिको लागि मोवाइल अक्सिजनको आपुर्ति प्रदान गर्ने कोशिषमा ज्ुटिरहेका छन् ।
यसको लागि सोनुले २ हजार २१ पोर्टेवल कैनिस्टर पनि खरिद गरेका छन् । यसको प्रयोगले अस्पतालमा बेड वा अक्सिजन कान्सेंटटर उपलब्ध नभएको स्थानमा गम्भीर रोगको अक्सिजनका आपुर्ति गर्न सकिन्छ ।
अक्सिजन कैनिस्टरले आपतकालिन अक्सिजनको आवश्यकता पुरा गर्छ ।
रिपोटर्स नेपाल