बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २० बैशाख ।

नेपाल लगायत केही देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दैनिक हजारौ व्यक्तिहरु संक्रमित भएका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा ३३ सय २५ पुगेको छ । देशभर ४७७ जनाको आईसीयुमा उपचार भैरहेको छ भने १३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको तथ्यांक छ ।

सबै अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालमा अक्सिजन सहितको एम्बुलेन्सको अभाव भएपछि नेपाली कलाकारहरु पनि सहयोगका लागि अघि बढेका छन् ।

कलाकारहरु निखिल उप्रेती, केदार घिमिरे र पाइलट विजय लामाले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् ।

उनीहरुले निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् ।

हामिले काठमाडौ उपत्यकामा २४ सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन) सहित सन्चालन गरेका  छौ ।

सम्पर्क नम्बर: 9851277342 ,9851239342, 9851312417

कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।

यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद

१) ॐ समाज डेन्टल अस्पताल

२) सर्बेन्द खनाल (पुर्ब आईजिपी नेपाल प्रहरी )

३) ज्ञानेन्द्र शाही (हाम्रो नेपाल हामी नेपाली संयोजक )

४) पाईलट बिजय लामा (क्याप्टेन नेपाल वायु सेवा )

५) निखिल उप्रेती (नेपाली सिनेमामा कगउभच कतबच नायक )

६) सञ्चिता लुइटेल (नेपाली सिनेमामा नायिका )

७) केदार घिमिरे ‘माग्ने बुढा’(कलाकार )

८) डाःसुबास घिमिरे

९)कर्ण बहादुर शाही (पुर्ब अध्यक्ष एन प्याब्सन )

१०)सन्जय राज अधिकारि (अधिबक्ता )

११)रामहरि शर्मा (अध्यक्ष पर्यटन यातायत महासंघ)

१२)देबेन्द प्रधान (यातायात बिज्ञ एबंम राप्रपा नेता)

१३)बिराज समाज सेबा

१४)खगेन्द्र थापा (हाम्रो नेपाल हामी नेपालि अन्तर्राष्ट्रिय संयोजक )

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय