शनिबार , बैसाख ८, २०८१

काठमाडौं, बैशाख २१ ।

नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन्। उनी ‘कोको’ फिल्मको ‘रिमेम्बर’ बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्।

निर्णायक तथा गायिका केटी पेरीले अर्थर गनको सो प्रस्तुति अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भनेर तारिफ गरेकी छिन्।

अर्थर गनले यसपटकको अमेरिकन आइडलमा कमब्याक प्रस्तुतिमार्फत शीर्ष १० मा प्रवेश गरेका थिए। गत वर्ष उनी उपविजेता भएका थिए।

यसपटक अमेरिकन आइडलले गत वर्षका १० सहभागी कलाकारलाई कमब्याक प्रस्तुतिमार्फत यस सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको छ।

फेरि अमेरिकन आइडलमा फर्कंदाको अनुभवबारे उनले भनेका थिए, ‘सुरुमा मलाई अचम्म लाग्यो।

फेरि यही स्टेजमा गाउन पाउँछु भन्दा खुसी पनि लाग्यो।’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन्।

 

यो पनि

सुशान्तकी प्रेमिका रियालाई साउथ फिल्ममा स्वागत

एजेन्सी, २० बैशाख । बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधनसँगै उनकी प्रेमिका रिया चक्रवर्तीको जीवनमा पनि भुइँचालो आयो ।

सुशान्तको निधनपछि रियालाई लागेको आरोपले उनको व्यक्तिगत तथा प्रोफेशनल जीवन दुवैमा असर गरेको छ ।

प्रेमीको निधन भएसँगै रियाको जिन्दगीमा उथलपुथल चलिरहेको छ । उनलाई बलिउड जगतबाट नै किनारा लगाउन खोजिएको देखिएको छ ।

तर अब भने रियालाई साउथ फिल्म उद्योगबाट नयाँ प्रोजेक्टको लागि अफर आएको समाचार आएको छ ।

तेलुगु फिल्मका ए–लिस्ट कलाकार अंध्राले रियासँग काम गर्ने इच्छा देखाएको बुझिएको छ । उनले एक कार्यक्रममा बोल्दै रियालाई साउथ फिल्ममा स्वागत गर्न आतुर रहेको बताए ।

उनले रिया प्रतिभाशाली र मायालु कलाकार भएको धारणा राखे । उनले अरु बलिउड कलाकारहरुले जसरी रियाले फि नलिने पनि बताए ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय