मंगलबार , चैत्र १४, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्।

सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्।

फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

बिल गेट्सले सन् १९७०को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए।

मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९८४ विवाह गरेको थियो।

यसअघि अमेजनका मालिक अर्बपति जेफ बेजोसले पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय