शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री दिपक मनाङ्गेलाई लिएर पूर्व डिआईजी रमेश खरेलले टिप्पणी गर्नुभएको छ । खरेलले मनाङ्गेलाई ‘फ्याउरे गुण्डा’को संज्ञा दिदैँ त्यो भन्दा ठुला व्यक्तिहरु माथिल्लो पदमा बसेको बताउनुभयो ।

मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाउँनु भएका मनाङ्गे शुक्रबार मन्त्री बन्नु भएको हो । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

गुण्डागर्दी नियन्त्रणमा आफ्नो परिचय बनाउनु भएका पूर्वप्रहरी नायब महानिरीक्षक खरेलले मनाङ्गेलाई पहिलेदेखि नै डन नभई ‘फ्याउरे गुण्डा’ भन्दै सार्वजनिक अभिव्यक्ति दिने गर्नु भएको थियो ।

हालै एक निजी टिभीसँग कुरा गर्दै उहाँले नेपालमा जत्ति ठुलो अपराध गर्यो त्यतीँ ठुलो पद पाइने पनि स्पष्ट पार्नुभयो । देशका माथिल्लो तहमा बस्ने पनि गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न भएको उहाँको बुझाई रहेको छ ।

पूर्व डिआईजी रमेश खरेलले गरेको टिप्पणी यस्तो छ, ‘दिपक मनाङ्गे अब मन्त्री भाको मैले पनि सुने । दिपक मनाङ्गे त केही पनि होईन, एउटा फ्याउरे गुण्डा हो, मन्त्री भयो ।

त्यसबाहके यो तीन करोड नेपालीलाई आ’तं’क ग’र्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् । हिजो पनि भए, अहिले पनि छन, भोलि पनि हुँदैछन्, अहिलेको अवस्थामा । त्यसकारणले दिपक मनाङ्गेजस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठुलो कुरा होईन ।’

अब एउटा सामान्य गुण्डाले हामीमाथि राज गर्ने भए भन्ने प्रश्नमा खरेलको जवाफ, ‘होईन, राज त अरु के भने आ’तंक’का’रीह’रुले गरिसके । यो बीचमा यो चाँही जुन कुशासनमा व्याप्त छन्, भ्रष्ट्राचारमा व्याप्त छन्, भागबण्डामा व्याप्त छन्, लम्पसारलाई प्रशंय गर्ने मान्छेहरु व्याप्त छन् ।

जसले चाँही भागबण्डा, लम्पसारवाद, त्यस्ता चाँही भ्रष्ट्राचारबाट कुशासनबाट अहिले राज चलाइराछन् ति हिजो पनि प्रधानमन्त्री भए, अहिले पनि भएका छन् र भोलि पनि हुनेवाला अहिलेको कन्टेन्समा ।’

उहाँले जनतालाई हिजोको जस्तो गल्ती अब नगर्न पनि अनुरोध गर्नुभयो । जनता आफैंले भ्रष्ट्राचार, भागबण्डा, कुशासन, लम्पसार र चाकडीबाजीमा लागेकाहरुलाई ठेगान लगाउनुपर्ने उहाँको भनाई छ । जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय