बिहिबार , बैसाख ६, २०८१

काठमाडौँ, २० बैशाख ।

लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्र’ह’री अधिकारीले हा’त’पा’त र दमन गरेको आ’रो’प लगाए ।

तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हा’त’पा’त भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् । ​

डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी,सशस्त्र प्र’ह’री’का डीआईजी ई।किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्र’ह’री परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे ।

‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दु’व्य’र्व’हा’र गरेँ ?’ उनले भने, ‘मैले हा’त’पा’त गरेको भिज्युअल पेश गर्न चु’नौ’ती दिन्छु ।’

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हा’त’पा’त गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे ।

‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हा’त’पा’त’ गरेको भए भिडियो खिच्ने थिएनन् ?’ उनले भने, ‘आ’रो’प लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

आफूले हा’त’पा’त गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे ।

दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय