
काठमाडौँ, २० बैशाख ।
पुर्व डिआईजि रमेश खरेलले युवा तथा खेलकुद मन्त्री दिपक मनाङगेलाई फ्याउरे गुण्डाको शंज्ञा दिएका छन् ।
दिपक मनाङगे केही पनि होइन त्यो त एउटा फ्याउरे गुन्डा हो तर मन्त्री भयो । उनले एक अन्तर्वार्तामा भनेका छन् ।
अहिलेको हाल अवस्थामा दिपक मनङगे जस्तो फ्याउरे गुन्डा मन्त्री बन्नु केही ठुलो कुरा होईन।
यो तिन करोड नेपालीलाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन्, हिजो पनि थिए आज पनि छ र भोली पनि हुनेछ ।
यो देशमा आतंककारीहरुले राज गरिसके, आज नेताहरु कुशासन, भ्रष्ट्रचार र भागबन्डामा व्यास्त भइरहेको बताए ।
हिजोको जस्तो गल्ति नगर्न र यस्ता बेईमान र भष्ट्रचारीहरुलाई कुनै पनि हालतमा सपोर्ट नगर्न आग्रह गरेका छन् ।
अब आउने चुनाबमा कुनै वादमा नलागी कुनै पर्टीमा नलागी जो व्यक्ति इमान्दार छ, जो व्यक्तिले बोलेको काम गर्छ त्यस्ता मान्छेलाई चयन गर्न आग्रह गरेका छन् ।
यो पनि
एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस प्रवेश
काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट सांसद रहेका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।
मुख्यमन्त्रीमा शंकर पोखरेल पुनस् नियुक्त भएपछि असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका पाण्डेय सोमबार कांग्रेस प्रवेश गरेका हुन्।
पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई उम्मेदवार बनाउने सहमति कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको छ।
यसबारे आज पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराएका हुन्। यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।
पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको बताए। दैनिक न्यूज नेपाल