बिहिबार , बैसाख १३, २०८१

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे ।

‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ ।

उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले रातोपाटीसँग भने ।

स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ ।

यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय