झापाको कोइला कारखानामा आगलागी

काँकडभिट्टा —

झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाले प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आलगाली भएको थाहा भएको बताए ।

आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका थिए ।

मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट दमकल आएपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कारखानामा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान ३ बजेदेखि लागेको आगो नियन्त्रणमा करिब ३ घन्टाभन्दा बढी समय लागेको थियो ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । कान्तिपुर

२०७८ बैशाख २०, सोमबार ११:४६ गते 0 Minutes 78 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार