बिहिबार , बैसाख ६, २०८१

लुम्बिनी प्रदेश सभाको आज (आइतबार) बाट शुरु हुन लागेको विशेष अधिवेशनअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीतिमा हलचल आएको छ ।

आज मध्यान्नसम्ममै लुम्बिनी प्रदेशको राजनीतिमा विभिन्न ‘ट्वीस्ट’ हरु आएका छन् ।

भर्खरै मात्र लुम्बिनी प्रदेशमा अर्को पनि ‘ट्वीस्ट’ देखापरेको छ । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले दावी गरेका छन् ।

यता नेकपा एमालेले भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । एमालेले एकल वहुमतको सरकार गठन गर्ने र आजै सपथ खुवाउने योजनासहितको दावी प्रस्तुत गरेको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय