शुक्रबार , चैत्र १६, २०८०

काठमाण्डाै –

भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ ।

अस्पतालमा अरू ११ जनाको पनि आइतवार (हिजाे) राति ज्यान गएको र यसको कारण अक्सिजनको कमी थियो या अरू नै हो भन्ने विषयमा अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।

इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो ।

आफूहरूले बिरामीलाई बचाउने कोसिस गर्दा गर्दै पनि क्षति रोक्न नसकिएको डाक्टरले बताएका छन् ।

ज्यान गुमाउनेहरू सबैको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालले ६० किलोमिटर टाढा रहेको मैसुर सहरबाट अक्सिजन आपूर्ति गर्दै आएको थियो, हिजो अक्सिजन सिलिन्डर पुर्‍याउन केही ढिलाइ हुँदा १२ जनाको ज्यान गएको खबरमा उल्लेख छ । उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय