बिहिबार , बैसाख १३, २०८१

बुटवल : लुम्बिनी प्रदेशमा सत्ताको खेलले विकृत रुप लिएको छ। हिजो मुख्यमन्त्री शंखर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा देखिएका दुईजना स्वतन्‍त्र सांसदहरू फेरि एमालेसँगै रहेको भन्दै वक्तव्य निकालेका छन्।

यसरी २४ घन्टामै युटर्न हुनेमा कपिलवस्तुका धर्म बहादुरलाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाही छन्। उनीहरू दुवैे नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा आइतबार हस्ताक्षर गरेका थिए ।दुवै प्रदेशसभा सदस्यहरु सूर्य चुनाव चिन्ह लिएर निर्वाचित लुम्विनी प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए ।

विज्ञप्ती जारी गर्दै उनीहरुले आफूहरु एमाले संसदीय दलप्रति उत्तरदायी र प्रतिवद्ध रहेको बताएका छन् । सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

नेकपा विभाजनसँगै अंकगणितको चलखेल सुरु भएको हो। कांग्रेस र माओवादी मिलेर अविश्‍वास प्रस्ताव ल्याएपछि सरकार जोगाउने चक्करमा सांसदहरूको तानातान सुरु भयो। अविश्‍वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका तीनसहित चार सांसदलाई मन्त्री बनाएर प्रदेश सरकार जोगाउने प्रयास भयो। पार्टीको निर्णय विपरित मन्त्री बनेका चार सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा ८१ जना सांसद कायम भएपछि अविश्‍वास प्रस्तावलाई तुहाउन मुख्यमन्‍त्री शंकर पोखरेलले नयाँ खेल खेलेका थिए।

आइतबार बिहान अचानक राजीनामा दिएर एकल बहुमतको मुख्यमन्‍त्रीका लागि पुन: दाबी गरेका थिए। प्रदेशसभाका बहुमत सांसदको समर्थन आफूलाई रहेको दाबी पोखरेलले प्रदेश प्रमुख समक्ष गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए। उनीहरूले बहुमत सांसद शशरीर उपस्थित रहेको भन्दै मुख्यमन्‍त्रीको शपथ रोक्न प्रदेश प्रमुखको कार्यलयमा धर्ना दिएका थिए। धर्नाकै बीच प्रदेश प्रमुख मुख्यमन्‍त्रीको कार्यलय पुगेर पोखरेललाई पुन: मुख्यमन्‍त्रीको शपथ खुवाएका थिए।

कांग्रेस तथा मओवादीले लुम्‍विनी प्रदेशमा एमालेले संविधानमाथि नांगो नाँच प्रदर्शन गरेर बलमिचाइ गरेको आरोप लगाउँदै अल्पमतमा रहेका मुख्यमन्‍त्रलाई जबरजस्ती नियुक्त गर्ने कदम कुनै हालतमा नस्वीकार्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय