बिहिबार , चैत्र १५, २०८०

चितवन

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार बिहान दुई बजेतिर जन्मिएको छावा प्रजनन् केन्द्रमा थपिएको विगत एक वर्षको तेस्रो र यो आर्थिक वर्षको दोस्रो बच्चा हो । नारायणीकलीको कोखबाट जन्मेको यो तेस्रो छावा भएको अधिकारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको माडी बगई पोस्टमा रहेका बेला नारायणीकली गर्भवर्ती भएको थियो । त्यसपछि यो हात्तीलाई सौराहा नजिक खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा ल्याएर राखिएको थियो ।

हात्तीको गर्भकाल लगभग दुई वर्षको हुन्छ । नारायणीकलीले यसअघि दुईवटा भाले हात्ती माडी गज र लक्की गजलाई जन्म दिएको थियो । यी दुई हात्ती यस पटकको गैंडा गणनामा पनि खटेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

सुत्केरी हात्तीको स्याहारमा हात्तीसारका तीनजना कर्मचारी खटिएका छन् । माउ बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यहाँ जन्मेका छावाहरुले तालिम पनि यही पाउँछन् । हाल प्रजनन् केन्द्रमा योसहित १० वटा छावा रहेका छन् ।

प्रजनन् केन्द्रमा जन्मेका र तालिम पाएर चितवन र कोसी आरक्षमा काजमा रहेका गरेर कुल कार्यरत हात्तीको संख्या ५७ पुगेको अधिकारीले बताए । हात्ती दुर्लभ वन्यजन्तु मानिन्छ ।

जंगलमा यसको संख्या निकै घटेको छ । घरमा राखेर पाल्ने चलन छ । तर घरमा पालिएका हात्तीको संख्या पनि धेरै छैन । चितवनमा सरकारी तवरमा निकुञ्जमा गस्ती गर्न, अनुसन्धान कार्यमा हात्तीको प्रयोग हुन्छ ।

त्यसैगरी पर्यटन क्षेत्रमा जंगल घुम्नका लागि हात्ती सफारी गर्ने चलन पनि छ । पर्यटनका लागि प्रयोग हुने निजी हात्ती भारतबाट किन्ने गरिन्छ । सरकारी हात्ती प्रजनन् केन्द्रबाट उपलब्ध हुन्छ ।कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय