
पूर्वमिस नेपाल शृङ्खला खतिवडा बिभिन्न कारणले चर्चामा छाइरहने गर्छिन् । समाजसेवादेखि प्रेमसम्म उनको चर्चाको विषय बन्ने गरेको छ ।
भ्लगर सिसन बानियाँसँगको उनको प्रेम मिडियादेखि सामाजिक सञ्जालसम्म नलुकेकै विषय हो । तर दुवैले सार्वजनिक रुपमा भने अहिलेसम्म प्रेम स्वीकारेको छैनन् ।
बेलाबेलामा रियालिटी शोमा समेत चर्चाको बिषय बन्ने उनीहरुको प्रेमलाई धेरैले ओपन–सेक्रेट भन्ने गरेका छन् । जसलाई शृङ्खलाले समेत स्वीकार गरेकी छन् ।
केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा अतिथिको रुपमा पुगेकी उनले सो कार्यक्रममा पनि प्रेमको विषय ओपन सेक्रेट नै राखिरहेको बताइन् ।
कार्यक्रममा उनलाई सिसनसँगको प्रेमबारे प्रश्न समेत सोधियो । जवाफ भने उनले भनिन् ‘समय आएपछि भन्छु । यो विषय अहिले ओपन सेक्रेट नै राखिरहेको छु ।’
प्रेमबिना जीवन खल्लो हुने समेत कार्यक्रममा बताएकी उनले विवाहको बारेमा भने केही बोलिनन् ।
यो पनि
हाँसो लामो आयूको कारण हो र स्वस्थ्य जीवनशैलीलाई चाहिने अत्यावश्यक ओखती । आफ्नै पारामा हास्यव्यङ्ग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ सर्वप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलूको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ ।
नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न कालापत्थरको ५,६४३ मिटरको उचाईँमा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्न लागेको हो । त्यसका लागि आफ्ना दुई स्टयाण्डअप कमेडीयनलाई प्रस्तुत गर्नेछ । कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ।
“नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्नेछन् । उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस-तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ”, नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले बताए ।
“हामी उत्साहित छौं, नेपाली हास्य व्यङ्ग्यको स्तर अन्तराष्ट्रिय मनोरञ्जन बजारमा पुर्र्याउनु र प्रदुषण रहित विश्व समाजको सन्देश बोकेको यस कार्यक्रमका लागि ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत् कालापत्थर पुग्ने र त्यहाँ पुगेर स्वस्थ्य मनोरञ्जन पस्किने हाम्रो तयार रहेको छ, हामीले यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौं”, नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले बताए ।
कलाकार गौतमले विश्वकै अग्लो भूभागमा प्रस्तुती दिने कुरा आफ्नो लागि मात्रै नभई सबै नेपालीका लागि गर्वको कुरा भएको बताए । कोरोना महामारीकाबीच विश्वलाई हसाउने चाहना रहेको बताउँदै उनले भने, “कठिनाइ भएपनि नेपालीको माया नै हाम्रोलागि अक्सिजन झै भएको छ ।” सबैको साथ सहयोगले आफूहरुको मनोवल उच्च भएको उनको भनाइ छ ।
यस्तै अर्का कलाकार त्रितालले कोरोना, राजनैतिक खिचातानी, बेरोजगार जस्ता समस्याले तनावपूर्ण अवस्थामा केही सुखद समाचार दिउँ भन्ने चाहनाका साथ प्रस्तुती दिन लागेको बताए । उनले भने, “यो नेपालीका लागि गौरवको कुरा हो, सम्पूर्ण नेपग्याजम कमेडीप्रेमी फ्यानहरुको मायाले हामीलाई थप ऊर्जा मिलेको छ ।
कार्यक्रमको मुख्य प्रायोजन अष्ट्रेलियास्थित “अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया” तथा “निन्जा”को रहेको छ । इन्स्योरेन्स पार्टनर “सूर्या लाइफ इन्स्योरेन्स”, हेलिकप्टर पार्टनर “सिम्रिक एयर” हुन् भने सह-प्रायोजन “Jagdamba Motors – TVS” तथा “MNTV Australia” रहेका छन् ।