शुक्रबार , बैसाख ७, २०८१

उत्तर कोरियाले अमेरिकालाई बाइडेनले असाध्यै ठूलो गल्ती गरेका कारण निकै गम्भीर स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

उसले यो बयान यस्तो समयमा दिएको हो जब अमेरिकी राष्ट्रपति उत्तर कोरिया र उसको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति घोषणा गर्ने तयारीमा छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा बाइडेनले आफ्नो हालैको भाषणमा उत्तर कोरियालाई सुरक्षाका लागि एउटा ठूलो खतरा बताएर बाइडेनले पनि भविष्यमा शत्रुतापूर्ण नीति नै अपनाउन लागेको बताएका छन् ।

यो हप्ताको सुरुमा राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भिर खतरा बताएका थिए ।

ह्वाइट हाउसले आफूले उत्तर कोरियासँग निकै जोखेर व्यवहार गर्ने बताएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले शुक्रबार भने, ‘अमेरिकी नीतिको समीक्षा बैठक पूरा भएको छ र राष्ट्रपति बाइडेनले अघिल्लो प्रशासनबाट पाठ सिकेका छन् । अमेरिकाले कोसिस गर्दासमेत उत्तर कोरियाको परमाणु योजना रोक्न विफल रह्यो ।’

‘हाम्रो नीति अब तोलमोलयुक्त सम्झौतामा केन्द्रीत हुनेछ न कि रणनीतिक धैर्यमा । अमेरिका अब नाप तौल गरेर व्यवहारिक तरिका अपनाउनेछ र आफ्नो एवं आफ्ना सहयोगीको सुरक्षालाई बढाउँदै उत्तर कोरियासँग कूटनीतिक सम्बन्धको सम्भावना खोज्नेछ ।’

चाँडै नै अमेरिका जापान र दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पनि समीक्षाका लागि पनि बोलाउन सकिन्छ ।

उत्तर कोरियाको तिखो व्यवहारः

आइतबार उत्तर कोरियाको सरकारी मिडियामा त्यहाँका विदेश मन्त्रालयको एक बयान चलाइयो जसमा बाइडेनको बयानलाई असहनीय र ठूलो गल्ती बताइयो ।

विदेश मन्त्रालयको अमेरिकी मामिलाका विभागको क्वान जान्ग–गुनले भने, ‘बाइडेनको बयानबाट स्पष्ट झल्कन्छ कि उसले उत्तर कोरियाप्रति विरोधीपूर्ण व्यवहार नै अपनाउने छन् जस्तै कि अघिल्लो ५० वर्षदेखि अमेरिकाले गर्दै आएको छ ।’

एक अलग बयानमा विदेश मन्त्रालयले आफ्नो बयानमा उत्तर कोरियामा मानवाधिकारको आलोचना गरेर अमेरिकाले किम जोङ–उनको बेइज्जती गरेको बताएको छ ।

बाइडेनले आफ्नो कार्यकालको सय दिन पूरा भएको मौकामा कांग्रेसको संयुक्त अधिवेसशनमा भनेको थियो, ‘उत्तर कोरिया र इरानको परमाणु योजना अमेरिकाका लागि र पूरा दुनियाँको सुरक्षाका लागि गम्भीर खतरा हो ।’

उनले यो पनि भनेका थिए, ‘हामी आफ्नो सहयोगी देशसँग मिलेर यो खतरासँग जुध्नका लागि कूटनीति र कडा निन्दाको सहारा लिनेछन् ।’

यद्यपि, यो स्पष्ट छैन कि मानवाधिकारसँग जोडिएको कुन बयानमा उत्तर कोरियाले प्रतिक्रिया दिएका छन्, तर अमेरिकी पत्रिका वासिङ्टन पोस्टको एक रिपोर्ट अनुसार अमेरिका उत्तर कोरियामा मानवाधिकारका लागि एक राजदूत नियुक्त गर्नेबारे विचार गरिरहेको छ ।

अमेरिकाका अनुसार उसले फेब्रुअरीको मध्यबाट नै उत्तर कोरियाबाट कूटनीतिक सम्बन्ध स्थापित गर्ने कोसिस गरिरहेका छन् ।

बाइडेन र किम जोङबीच जारी विवादः

हालसम्म उत्तर कोरियाले जो बाइडेनलाई अमेरिकाको नयाँ राष्ट्रपति मानेको छैन ।

जो बायडेनले आफ्नो चुनाव प्रचारको क्रममा किम जोङ उनलाई ठग बताएको थियो । त्यसपछि नब बाइडेनको जीत भयो तब किम जोङले एक भाषणमा अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो दुश्मन बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय