बालिका खड्काको मुद्दामा आज थुनछेक बहस

काठमाडौं ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए ।

वैशाख ९ मा नेकपा एमालेको मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मुख्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई गाली गरेकी थिइन् ।

बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतले रातोपाटीलाई बताए ।

मुख्यमन्त्री शेरधन राईले आफुलाई बिचल्ली बनाएको उनको आरोप छ । अभद्र व्यवहार मुद्दामा प्रहरीले यसअघि पनि उनीमाथि अनुसन्धान गरेको थियो ।

पटके आरोपी भएको हुनाले उनको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको हो । अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ ।

सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । रातोपाटी

२०७८ बैशाख २०, सोमबार ०६:१२ गते 0 Minutes 75 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।