त्रिशूलीमा ५५ जना बेपत्ता
काठमाडौँ : काठमाडौँको बल्खु पुलमुनी एक पुरुषको शव फेला परेको छ । आज बिहान बल्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो ।आज फेरि आएको भारि बर्षका कारण ठमाडौँमा बाढीः ३६ जनाको उद्धार, बल्खुको पुलमुनी तिन जना पुरुषको शव फेला
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
गए रातीदेखि भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।
यसैबीच भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।
प्रतिक्रिया