शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

पहिलो पटक भारतीय राज्य तमिलनाडुमा विधान सभा चुनाव लडेका अभिनेता कमल हसन पराजित भएका छन्।

हसनले मक्कल निधी माइआम (एमएनएम) पार्टी खोलेर यसपालि विधान सभा चुनावमा भाग लिएका थिए।

आइतबार भएको मतगणनाअनुसार हसन भारतीय जनता पार्टीका भानती श्रीनीभासनसँग १५ सय ४० मतको अन्तरले पराजित भएका हुन्। अभिनेता हसन यसअघि चेन्नईमा चुनाव लड्ने अपेक्षा गरिएको थियो तर उनले कोइमबाटोर क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय गरेका थिए।

यो क्षेत्रमा हसनको दलका उपाध्यक्ष डाक्टर आर महेन्द्रन सन् २०१९ को लोकसभा चुनावमा तेस्रो स्थानमा आएका थिए।

यो पनि

भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा एकातिर बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखिन्थ्यो भने अर्कातिर उक्त पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्।

केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले निकै नै जोडबल लगाएको पश्चिम बंगालमा बेनर्जीको तृष्णमूलले २०१६ को भन्दा बढी सिट जित्ने दिउँसोसम्म लगभग निश्चितजस्तै भइसकेको थियो तर बेनर्जीले जित्छन् कि हार्छन् भन्ने साँझसम्म स्पष्ट हुन सकेन।

साँझ हुन लाग्दा भारतीय मिडियाहरूमा बेनर्जीले प्रतिष्पर्धी शुभेन्दु अधिकारीलाई १२ सय मतान्तरले हराएको समाचार आए। अधिकारी केही समय अघिसम्म बेनर्जी सरकारमा मन्त्री थिए। गत डिसेम्बरमा मात्रै उनी तृष्णमूल छोडेर भारतीय जनता पार्टीमा लागेका थिए। ‘धोका दिएर’ अधिकारी भाजपामा गएपछि बेनर्जीले आफू ‘लडाकु’ भएकाले पहिला चुनाव जितेको क्षेत्र छोडेर अधिकारी उम्मेद्वार बनेको नन्दीग्राममै चुनाव लड्ने घोषणा गरेकी थिइन्।

बेनर्जी विजयी भएको समाचार आएसँगै धेरै भारतीय नेताहरूले बेनर्जीलाई बधाई दिए। तर एकछिनपछि बेनर्जीले चुनाव हारेको र अधिकारी १६ सय मतले विजयी भएको खबर फैलियो।

साँझ सवा ६ बजेतिर निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा अधिकारी बेनर्जीभन्दा झन्डै १० हजार बढी मतले अघि रहेको देखियो। साँझ ७:४५ मा अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूले जितेको दाबी गरे। उनलाई केन्द्रीय मन्त्रीसहित विभिन्न नेताहरूले बधाई दिए। केहीबेरमा तृणमूल कंग्रेसले आधिकारिक ट्वीटर ह्यान्डलबाट मतगणना जारी रहेको बतायो।

राति ८:५५ बजे निर्वाचन आयोगले पछिल्लो मत गणनाको जानकारी दियो। त्यसमा बेनर्जीले ८४ हजार ४ र अधिकारीले ८२ हजार ५ सय ५१ मत ल्याएको देखियो।

राति सवा दश बजे आयोगको वेवसाइटमा बेनर्जी अधिकारीभन्दा ८ सय २० भोटले अगाडि रहेको देखिन्थ्यो।

राति ११ बजेतिर निर्वाचन आयोगले अन्तिम परिणाम वेवसाइटमा राख्यो जसअनुसार अधिकारी १ लाख ९ हजार ६ सय ७३ मत ल्याएर विजयी भए भने बेनर्जीले १ लाख ७ हजार ९ सय ३७ मतमात्र पाइन्। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय