आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

कोरोना महामारीको प्रत्यक्ष प्रभाव उद्योगधन्दामा परेको छ। गत वर्षको कोरोना लहर मत्थर हुन नपाउँदै दोस्रो लहरले गाँजिसकेको छ। यसलाई फैलिन नदिने उद्देश्यले सरकारले गत बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा गरेको छ।

पहिलो लकडाउनबाट उक्सिन नपाउँदै यो वर्ष फेरि निषेधाज्ञा हुँदा उद्योगधन्दा थला परेको व्यवसायीहरू बताउँछन्। लकडाउन तथा निषेधाज्ञाले सबभन्दा बढी निर्यातजन्य उद्योगलाई प्रभावित पारेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको भनाइ छ।

‘हामी त पहिलो लकडाउनबाटै उक्सिन सकेका थिएनौं,’ शाक्यले भने, ‘फेरि निषेधाज्ञा भयो। हाम्रो त लगानी नै संकटमा छ।’

यहाँ अघिल्लो लकडाउन खुलेपछि विस्तारै बाहिरी मुलुकमा पनि व्यवसायले गति लिइरहेको थियो। विस्तारै पर्यटक आउलान्, विदेशी बजार निर्यातका लागि खुला होला भन्ने उनको आश थियो। तर विश्वव्यापी रूपमै कोरोनाले फेरि थलाएकाले उनी निराश छन्।

‘विस्तारै कोरोना प्रभाव कम होला र विदेशी आएपछि व्यवसाय गरौंला भनेर सोचेका थियौं,’ उनले भने, ‘सबै सोच चकनाचुर भयो। हामीले वैशाखमै मेला गर्ने योजना समेत बनाइसकेका थियौं।’

पोहोर साउनदेखि विस्तारै लकडाउन खुले पनि विदेशमा नखुलेकाले हस्तकला सामग्री बाहिर निर्यात हुन सकेका थिएन, छैन। यस्तोमा उनी थप्छन्, ‘हामीलाई धेरै प्रभाव पारेको छ। लकडाउन खुलेर पनि काम हुन सकेको थिएन। बाहिरी मुलुक राम्ररी नखुलेसम्म हस्तकला व्यवसायी फस्टाउन सक्दैन।’

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य
पहिलो लकडाउनमा चार–पाँच महिना बन्द हुँदा घर गएका कर्मचारी अझै काममा नआइसकेको उनले बताए। बन्द खुलेपछि भएका कर्मचारीबाट बनाएका सामान पनि निर्यात हुन नसक्दा त्यसै थन्किएको उनको भनाइ छ।

‘यति नै बराबरको सामान थन्किएको छ भनेर यकिन भन्न सकिन्न। तर अब नयाँ सामान बनाउन हामीसँग पुँजी छैन। उद्योगमा काम गर्ने कर्मचारी पनि छैनन्,’ शाक्यले भने।

ncell in
अहिले सामान पठाउन कार्गोले बढी पैसा लिएको उनले गुनासो गरे।

‘पहिले दुई डलरमा पठाइरहेको सामान अहिले आठ डलर तिर्नुपर्छ। सामान पठाउनभन्दा थन्काउनै सहज छ,’ उनले भने, ‘अर्डर आएको पनि रद्द गर्नुपर्ने अवस्था छ।’

चीन सीमा बन्द भएकाले सामान पठाउन र आवश्यक कच्चा पदार्थ ल्याउन पनि समस्या परेको शाक्यले बताए। निर्यात-आयात सहजीकरणका लागि सरकारसँग संघले पहल गरिरहेको छ।

विदेशी बजार मात्र होइन, पर्यटक आवतजावत गर्ने काठमाडौं, भक्तपुर, ललितपुरका अधिकांश पसल बन्द भएकाले हस्तकलाको स्वदेशी बजार पनि ठप्प छ। निषेधाज्ञापछि कसरी उद्योगधन्दा फेरि सञ्चालन गर्ने भनेर छलफल गरिरहेको उनले बताए।

‘हस्तकला उद्योग बन्द छ। यसलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर मन्त्रालयले प्रस्ताव लिएर आउनु भनेको छ। हामी त्यसैको तयारीमा छौं,’ शाक्यले भने।

उनका अनुसार हस्तकला साना तथा घरेलु व्यवसाय भएकाले यसमा काम गर्ने कर्मचारीलाई काम सकिएपछि तुरून्तै ज्याला दिइन्छ। निर्यात ठप्प हुँदा केही उद्योगले कर्मचारीलाई काम नै दिन सकेका छैनन्। पोहोर लकडाउनको पहिलो दुई–तीन महिना काम नगरे पनि कर्मचारीलाई पैसा दिएको उनले बताए। तर बन्द लम्बिँदै गएपछि काम नगरेका कर्मचारीको पैसा कटौती गरिएको थियो।

‘काम नभएपछि त हामीले पैसा दिनै सक्दैनौं। सकुन्जेल त हामीले दिएकै थियौं,’ उनले भने।

अब पनि निषेधाज्ञा बढ्दै जाने र उद्योगधन्दा बन्द हुने हो भने पुनः सञ्चालन गर्न नसकिने उनी बताउँछन्।

‘उद्योगधन्दा बन्द भयो भने पुनः सञ्चालन गर्न सक्ने लगानी नै छैन,’ उनले भने।

संघका अनुसार हस्तकलाका सामग्री वार्षिक रूपमा ११ अर्ब बराबरको निर्यात हुँदै आएको छ। त्यसैगरी ११ अर्ब बराबरको सामान यहाँ विदेशी आएर वा नेपालीले नै उपहारका रूपमा बाहिर लैजाने शाक्यले जानकारी दिए। त्यसैले यो उद्योग उकास्न अब स्वदेशमै यसको उपयोग बढ्नुपर्ने उनको बुझाइ छ।

‘अब नेपालमै खपत हुने सामान उत्पादन गर्ने योजना बनाएका छौं। उद्योगीहरूसँग छलफल भइरहेको छ, सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने।

सरकारले पहिले उद्योगधन्दालाई दिन्छु भनेको सुविधा अहिलेसम्म नपाएको गुनासो पनि उनले गरे।

‘हामीलाई सरकारले १५ लाख रूपैयाँ बिना धितो ऋण दिने भनेको थियो। त्यो समेत कार्यान्वयनमा आएको छैन,’ शाक्य भन्छन्, ‘उद्योगीलाई सहज रूपमा ऋण दिने व्यवस्था हुनुपर्छ।’

त्यस्तै हस्तकला सामान बजारीकरणका लागि सरकारले सहयोग गरिदिनुपर्ने उनले बताए।

संघको तथ्यांक अनुसार यो क्षेत्रमा ११ लाखले रोजगारी पाइरहेका छन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय