आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन्।

स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन्।

बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले बताए।

चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले बताए।

नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए। सेतोपाटी

यो पनि

नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अल्पमतमा पार्न अराजनीतिक नाटक मञ्चन भएको टिप्पणी गरेका छन्।

आइतबार राति शपथग्रहणपछि सम्बोधन गर्दै पोखरेलले नाटकीय रूपमा अराजनीतिक घटनाक्रम भएको बताएका हुन् ।

उनले जनता समाजवादी पार्टीको संसदीय दलको बहुमतले आफूलाई समर्थन दिए पनि अल्पमतमा रहेकाले उनीहरूलाई कारबाही गर्दै नाटक मञ्चन गरेको आरोप लगाए।

जसपाको संसदीय दलको समर्थन प्राप्त गरेपछि संयुक्त सरकारका रूपमा अघि बढ्ने हाम्रो तयारी थियो । तर, अल्पमतमा रहेकाहरूले कारबाही गरी नाटक मञ्चन गरिएको उनले बताए।

पोखरेलले जसपाका सांसदलाई कारबाही गरेपछि राजीनामा दिँदै एकल बहुमतको सरकार बनाउने आफ्नो प्रयासमा समेत अराजनीतिक ढंगले बाधा पुर्‍याउन खोजिएको पोखरेलको दाबी थियो। उनले प्रदेशसभामा भएका यस्ता गतिविधिबारे आगामी दिनमा छलफल हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय