बिहिबार , चैत्र १५, २०८०

लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ। नियुक्ती नहुँदै अल्पमतमा परेका शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको हो।

झडपमा सांसद लौटी थारुसहित केही सांसद सामान्य घाइते भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए।

विपक्षी दलका सांसदहरु दिउँसोदेखि ने संविधान विपरित भएको मुख्यमन्त्रीको नियुक्तीलाई रोक्नु पर्ने भन्दै सपथ कार्यक्रम गर्न नदिने भनेर प्रदेश प्रमुखको कार्यालय परिषरमा धर्नामा थिए।

प्रदेश प्रमुखको कार्यालयमा सपथ हुन नसक्ने ठानेपछि शंकर पोखरेललाई निवासमै गएर सपथ खुवाउने भन्दै प्रदेश प्रमुख धर्मनाथ यादव कार्यालयबाट निस्क्न खोज्दा विपक्षी गठबन्धनका सांसदहरुले रोक्ने प्रयास गरेका थिए।

तर ती सांसदविरुद्ध प्रहरीका उच्च अधिकारीहरुनै हातपातमा उत्रेको सांसदहरुले बताएका छन्। सांसद लौटी थारुलाई डिआइजीले नै कपालमा समातेर लछारपछार पारेको गठबन्धनका सांसदहरुले बताएका छन्।
नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय