
एजेन्सी, १९ बैशाख ।
बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाई’ को दर्शकहरु व्यंग्र प्रतिक्षामा छन् ।
यो फिल्ममा सलमानले फेरी पनि एक पटक दिशा पटानीसँग अभिनय गरेका हुन् ।
केही दिन अघि मात्र रिलिज भएको फिल्मको ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन् । फिल्मको ट्रेलरपछि सलमान र दिशाको ‘सीटी मार’ गीत रिलिज भएको थियो ।
निर्माताले फिल्मको ट्रेलर र गीतको भिडियो रिलिज पछि फेरी एक भिडियो शेयर गरेका छन् । जसमा सलमान र दिशाको उमेरको बारेमा कुरा भइरहेको छ ।
फिल्मको ट्रेलरमा सलमानको चुम्बनको सिन थियो । चुम्बनको सिन भाइरल बनेपछि यस विषयमा सलमानले प्रतिक्रिया दिएका छन्, ‘यस फिल्ममा चुम्बन पक्कै छ तर दिशासँग होइन् ।
फिल्ममा सलमान र दिशासँगै रणदीप हुड्डा र जैकी श्राफको पनि मुख्य भुमिका रहेको छ ।
यो पनि
प्रियंका र निकले एकैदिन जम्मा गरे साढे २ करोड
एजेन्सी, १९ बैशाख । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा अमेरिकी गायक निक जोनस पछिल्लो समय कोविडविरुद्वको सहयोगमा जुटेका छन् ।
अमेरिकाबाट यी जोडीले भारतका कोरोना संक्रमितको सहयोगार्थ केही दिन अगाडी कोविड–१९ कोष स्थापना गरेका थिए । उक्त कोषमा २४ घन्टा अर्थात एकैदिन २ करोड ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।
उनले एक भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘टुगेदर फर इन्डिया’ । प्रियंकाले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भारतमा बढेका कोभिडको विरुद्व लड्न ठुलो सहयोग पुग्ने पनि तर्क गरेकी छिन् ।
उनले जम्मा भएको उक्त रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स निर्माण गर्ने पनि बताएकी छिन् ।