शनिबार , बैसाख ८, २०८१

काठमाडौँ

बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

कृषिमन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

यो पनि

संसद्को बजेट अधिवेशन २७ गते बोलाउन सिफारिस

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन बैशाख २७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो ।

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएको एक मन्त्रीले जानकारी दिए ।

‘संघीय संसद्को आगामी अधिवेशन बैशाख २७ गते बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । सोही दिन प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराउनुभएको छ,’ ती मन्त्रीले भने ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन बैशाख ६ गते अन्त्य गरिएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटित भएको थियो । सर्वोच्च अदालतले फागुन ११ गते प्रधानमन्त्रीको उक्त निर्णय खारेज गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने गत पुस १७ गते बोलाएर २६ गते अन्त्य गरिएको थियो । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय