शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ ।

कुनै समयकी लोकप्रिय नायिका विपना थापा २ वर्षपछि आफ्नो माइती घर आएकी छिन् ।

करिब डेढ दशकअघि नेपालबाट विबाह गरेर भारत पुगेकी सुन्दरी नायिका विपना एन्फा अवार्डडको अवसर पारेर स्वदेश आएको मौका छोपेर पिभिन्न मिडियामा अन्तरवार्ता दिइरहेकी छिन् ।

अन्तरवार्ताका क्रममा विपानाले आँफुलाई माइतीको निकै माया लाग्ने, नेपालीहरु भनेपछि आँफुलाई निकै माया लाग्ने बताइन् ।

ऋषी धमलाको कार्यक्रममा कुराकानी गर्दै सीमानाको विषयमा बोल्दै विपनाले भनिन् म त्यो स्थानमा भएको भए यो समस्या समाधान गर्ने थिए भन्न भ्याएकी छिन् ।

आँफु मृ त्युको मु खबाट बचेँको विषयमा बोल्दा गम्भिर र भावुक समेत बनृकी विपनाले धेरै रहस्इहरु खोलेकी छिन् ।

‘यो पनि पढ्ुहोस्:

परिवार पाल्न गुडियाको भर’-म्याग्देगाउँपालिका–४ निवासी सुकला सुनारले दश दिनको गुडिया बनाउने तालीम सिकेपछि गुडिया बनाएर परिवार पाल्न आफूमा आत्मबल बढेको बताउनु भएको छ । गाउँपालिकाले दिएको १० दिनको तालीमबाट सिकेको सीपलाई सदुपयोग गर्दै आयआर्जन क्षेत्रमा समय बिताउने लक्ष्य रहेको उहाँले बताउनुभयो । “हातमा सीप भएपछि यत्तिकै बस्दिन”, उहाँले भन्नुभयो, ‘अब घरमा बसेर काम गरी दैनिकी खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।”

तालीममा सहभागी अर्का म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्छु भन्ने आत्मविश्वासका साथ तालीम लिएको बताउनुभयो । सीप जानेपछि आफूमा उत्साह मिलेको छ । उहाँले भन्नुभयो, “साँच्चीकै बेरोजगार र गृहिणी महिलालाई केन्द्रित गरी तालीम प्रदान गरेर सक्षम बनाएको महसुस गरेको छु ।”

जिल्लाको म्याग्दे गाउँपा
लिकाको आयोजनामा केही दिनअघि गरिबी निवारणका लागि लघुउद्यम सीप विकास कार्यक्रमअन्तर्गत ३४ जना महिलालाई १० दिने तालीम प्रदान गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई आयआर्जन गर्न यस किसिमको तालीम निकै प्रभावकारी हुने बताउनुभयो । थोरै लगानीमा कोठा भाडामा नलिई आफ्नै घरमा बसी राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको उहाँले बताउनुभयो ।

महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीम प्रदान गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । तालीम प्रदानपश्चात् महिला खुशी भएका छन् । सिकेको सीपलाई व्यवहारमा लागू गरे÷नगरेको अनुगमन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन यस किसिमको तालीम उपयोगी हुने सोचेर तालीमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

‘यो पनि पढ्ुहोस्:सिसी क्यामेरा जडान-दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय