बिहिबार , चैत्र १५, २०८०

काठमाडौं १९ बैशाख ।

अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विश्वासको मत लिने भएका छन् ।

आज आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयरी गरिरहेको जानकारी दिएका हुन् ।

अगामी बैशाख २७ गते संसद प्रधानमन्त्री ओलीले विश्वासको मत दिने भएका हुन् । २७ गते संसदको अधिवेशन बोलाउन सिपारिस समेत गरिएको छ ।

जसपासँग सत्ता समिकरणको विषयमा सहमति जुट्न नसक्दा ओली विश्वासको मत लिने तयारी मा पुगेका हुन् ।

यता माओवादी केन्द्रले भने ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

अब प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री ओलीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

यो पनि

बुटवल १९ बैशाख । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठबन्धनका नेताहरुले धर्ना दिएका छन् ।

राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले पोखरेलाई मुख्यमन्त्रीमा पुन नियुक्त गरेको भन्दै विपक्षी गठबन्धनका नेताहरुले पोखरेललाई नियुक्त गरिनु असंवैधानिक भएको भन्दै धर्ना दिएका हुन् । धर्ना दिनेमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरु रहेका छन् । विपक्षी दलका गठबन्धनले ४२ सांसदहरुको हस्ताक्षर सहित पोखरेलको स्थानमा माओवादी केन्द्रका कूलप्रसाद केसीले नाम दावी गरेका छन् ।

‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न दुई घण्टा अगाडि भेटेर जानकारी गराउँदा गराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ ,एमालेको बहुमत छैन, सपथग्रहण रोकिनुपर्छ ।’मुख्यमन्त्रीमा प्रस्तावित कूलप्रसाद केसीले भने,। एक जना माओवादी केन्द्रमा प्रवेश गरेको , एक जनाले राजीनामा दिएको र दूई जनाले आफुहरुको पक्षमा हस्ताक्षर गरेको भन्दै अब आफ्नो पक्षमा बहुमत पुग्ने दावी सकेत केसीले गरेका छन् ।

८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक रहेकाले एमालेमा अब मात्र ३९ सांसद मात्र रहेकाले पोखरेलको सरकार अल्पमतमा परेकाले पोखरेललाई नियुक्त गर्नु असंवैधानिक भएको बताएका छन् । यता विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय