शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

मनिषा कोइराला, बलिउड अनि नेपाली सिने जगतदेखि राजनीतिक क्षेत्रसम्मको चर्चित नाम । उनलाई नचिन्ने सायदै कोही छन् ।

मनिषाले आफ्नो करियरको सुरुवात फिल्मबाट गरेकी थिइन् । उनी ९० कि दशककी बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् ।

उनले बलिउडका निकै नाम चलेका अभिनेताहरुसँग काम गरेकी छिन् ।

आजपनि बलिउडमा मनिषाको लागि छुट्टै सम्मान छ । उनै मनिषाले एउटा नेपाली चलचित्रमा पनि काम गरेकी छिन् ।

सबैलाई थाहा नै छ, मनिषा एक्लो जीवन बिताइरहेकी छिन् । मनिषाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन् ।

तर उनको वैवाहिक जीवन लामो समयसम्म टिक्न सकेन । सन् २०१२ मा नै यी दुई अलग्गिए । मनिषाले आफू आमा बन्न नसकेको कुराले सधैँ नै मन पोलिरहेको बताएकी छिन् ।

उनले आफूलाई आमा बन्न असाध्यै रहर लागेको र त्यहि कारणले विवाह पनि गरेको खुलाइन् । तर उनको शारिरीक समस्या र श्रीमानसँगको असमझदारीका कारण उनी आमा बन्न सकिनन् ।

हरेक नारीका चाहना आमा बन्ने हुने र आफूले त्यो सौभाग्य नपाएकाले कता कता मन दुख्ने उनले बताइन् ।

तर मनिषाले आफ्नो जीवनम अब अरु कुनै पुरुषको प्रवेश भने नहुने बताएकी छिन् । उनले अब बाकिँको जीवन एक्लै नै बिताउने बताएकी छिन् । परिवर्तन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय