बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

केहीसमय अघि कोरोना संक्रमित भएका वरिष्ठ कलाकार कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत ११ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

भिडियोमा मदनले कोरोना संक्रमित भएपछि आफूले जीन्दगी केही नभएको महशुस गरेको बताएका छन् । उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेन छ ।

आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो । हावा रहेछ सबै’ उनले अगाडि लेखेका छन्, ‘यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफनो मनलाई फोहोर नबनाऊँ ।’

मदनले पहिलेको र अहिलेको कोरोना धेरै फरक भएकाले सबैले सचेत रहन आवश्यक भएको बताएका छन् ।

उनले सबैले सकरात्मक मात्र सोच्न र आफूलाई स्वस्थ राख्न आवश्यक भएको बताएका छन् । त्यस्तै मदनले आफ्नो सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । परिवर्तन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय